गैरआवासीय नेपाली संघ जापानले २५६३औं बुद्ध नेपालमा जन्मिएका हुन भनेर जानकारी दिने उद्देश्यले आइतबार टोकियोमा भव्य शान्ति र्याली सम्पन्न गरेको छ ।
केही जापानी नागरिकमा अझै पनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । यस पटकको र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गरेका थिए ।
बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उद्देश्यसहित हिबिया पार्कबाट गिन्जा सम्म पदयात्रा गरिएको थियो । र्याली हिबिया पार्कबाट दिउसो १३:३०बजे सुरु भएको थियो ।
बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी भएको अध्यक्ष टासि वाङदी लामाले बताए ।
सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर तथा नेपाल जापान सम्बन्ध झल्काउने तथा भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने जनाउने खालका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६