आइपिएलमा नेपाली स्पिनर सन्दिप लामिछानेले आजको खेलमा तीन विकेट लिएका छन । उनले चार ओभरमा ४० रन खर्चिएर तीन महत्वपुर्ण तीन विकेट लिएका हुन् ।
पञ्जाव विरुद्धको खेलमा ५ खेलपछि टिममा परेका सन्दिपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । टिमको दोस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए । तर त्यसपछि डट फालेका सन्दिपले तेस्रो बलमा चौका खाए । चौथो बलमा सन्दिपले टिमका लागि पहिलो सफलता दिलाए । पहिलो ओभरमा ११ रन दिएका सन्दिपले दोस्रो ओभरमा १६ रन दिए ।
टिमको १३ औं तथा ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले ६ रन दिएर दुई विकेट लिए । पहिलो बलमा नै छक्का खाए । उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दिपले गेललाई पेभेलियनको बाटो देखाए । छक्का प्रहार गर्न खोजेका गेल ६९ रनमा क्याच आउट भए । त्यसपछि सन्दिपले कुरानलाई खाता खोल्न नपाउँदै आउट गरे । त्यसपछि आफ्ना अन्तिम ओभरमा सन्दिपले सात रन खर्चिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६