आईपीएलको जारी खेलमा ८ खेल खेलेर सातौ स्थानमा रहेको फ्रेञ्चाइजी क्लब राजस्थान रोयल्सले अजिंक्या रहाणेलाई कप्तानबाट हटाएको छ ।रोयल्सले उनको सट्टा पुराना कप्तान अष्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तानी सुम्पिएको छ ।
यो संस्करणमा क्लबले खेल्न बाँकी सबै खेलका लागि स्मिथलाई कप्तानको जिम्मेवारी दिइएको हो । यो सिजनमा भने राजस्थान रोयल्सले खेलेका ८ मध्ये २ खेलमात्र जितेको छ ।
अघिल्लाे वर्ष स्टिभ स्मिथ बल टेम्परिङका कारण प्रतिबन्धित भएपछि उनकाे सट्टा टिमकै अर्का खेलाडी अजिंक्या रहाणेलाई कप्तान बनाइएकाे थियाे । कप्तानकाे जिम्मेवारी सम्हालेपनि स्मिथले मे १ तारिखसम्म मात्र आईपीएल खेल्नेछन् । त्यसपछि लिग चरणकाे एउटा खेलमात्र बाँकी रहन्छ । टिमका अन्य दुई खेलाडी जस बटलर र बेन स्टाेक्स पनि विश्वकपमा इंग्ल्याण्डकाे राष्ट्रिय टाेलीकाे क्याम्पमा सहभागिता जनाउन अर्काे हप्ता इंग्ल्याण्ड जाँदैछन् ।
कप्तान परिवर्तनको बारेमा टिम व्यवस्थापनले भने ‘स्टिभ स्मिथ सदैव टिम नेतृत्वकाे महत्वपूर्ण अंग रहँदै आएका छन् भने रहाणे पनि टिमकाे महत्वपूर्ण खेलाडीका रुपमा रहेका छन् । तर अंक तालिकामा माथि आउन आवश्यक नतिजा हासिल गर्ने रणनीतिका रुपमा लिएकाे छ ।’
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६