काठमाडौँ :गणतन्त्र आएपछि पहिलोपटक सरकारले पत्रकारमाथी राज्य विरूद्वको कसुर सम्बन्धि मुद्दा चलाएको हो । जनपत्रकार संगठन,नेपालका काठमाडौं संयोजक जितेन्द्र महर्जनलाई सरकारले राज्य विरूद्वको कसुरमा मुद्वा चलाएको हो । चैत्र २८ गते पक्राउ परेका महर्जनलाई प्रहरीले राज्य विरूद्वको कसुर सम्बन्धि मुद्दा लगाएको हो ।
नेपाल भाषाको पत्रिका न्हूगु ज्वजलपा वा पौ का प्रधानसम्पादक महर्जनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठनको काठमाण्डौं संयोजक हुन् । उनलाई चैत २८ गते प्रहरीले गिरफ्तार गरेको थियो।
जनपत्रकार संगठन नेपालको पहलमा नेपाल पत्रकार महासंघले पत्रकार महर्जनको गिरफ्तारी गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै बन्दीसहित गिरफ्तार गुर्नको कारण पेश गर्न बैशाख २ गते सरकारलाई आदेश दिएको थियो ।
जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति र उपत्यका क्षेत्रीय समन्वय समितिले समेत प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार पत्रकार तथा काठमाडौं जिल्ला संयोजक महर्जनलाई अबिलम्ब रिहाइको माग गर्दै रिहाइ नगरे आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले पत्रकार महर्जनलाई सरकारले राजनीतिक आस्थाका कारण प्रतिशोध साँध्ने उद्धेश्यले पक्राउ गरि राज्य विरुद्धको मुद्दा लगाइएको टिप्पणी गरेका छन । महर्जनका लागि बरिष्ठ अधिवक्ता एकराज भण्डारी,अधिवक्ता कपिलचन्द्र पोख्रेल,कान्ति ढुंगाना,चुडा बहादुर तिवारी लगायतले कानुनी सहयोग गरिरहेको संगठनका महासचिव हिम विष्टले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६