काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो जित निकालेको छ ।
बैंग्लोरले लगातार पाँच हारपछि कोलकाताविरुद्ध पहिलो जित निकालेको हो । शुक्रबारराति भएको खेलमा बैंग्लोरले कोलकातामाथि १० रनको जित हात पार्यो ।
इडन गार्डनमा २१४ रनको लक्ष्य पछ्याएको कोलकाता ५ विकेटको क्षतिमा २०३ रनमा समेटियो ।
उसका लागि नितिश राणाले ४६ बलमा ९ चौका र पाँच छक्कासहित नटआउट ८५ तथा आन्द्रे रसेलले २५ बलमा दुई चौका र ९ छक्कासहित ६५ रन बनाएपनि जित दिलाउन सकेनन् । बैंग्लोरका डेल स्टेनले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले २१३ रन बनाएको थियो । बैंग्लोरका लागि विराट कोहलीले ५८ बलमा ९ चौका र चार छक्कासहित १ सय सन बनाए भने विस्फोटक ब्याटिङ गरेका मोइन अलीले पाँच चौका र ६ छक्कासहित २८ बलमा ६६ रन बनाए ।
बैंग्लोरले सन् २०१६ पनि कोलकाताविरुद्ध जित निकाल्न सकेको थिएन । यो जितले बैंग्लोरको प्लेअफमा पुग्ने गणितीय सम्भावना कायमै रहेको छ । तर अन्तिम चारमा स्थान बनाउन उसले बाँकी सबै खेल जितेर मात्रै पुग्दैन अरु टिमको प्रदर्शनमा पनि भर पर्नुपर्नेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६