काठमाडौं : बाराको कलैया उपमाहानगरपालिका– ४ पन्नाबाग टोलका खड्गभक्त शर्मा खरेलको घरबाट प्रहरीले अवैध हतियार बरामद गरेको छ।
उनको कोठा खानतलासी गर्दा दराजमा लुकाई राखेको अवस्थामा विभिन्न हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।
दराजमा लुकाई राखेको अवस्थामा अवैध कटुवा पेस्तोल थान-१, विभिन्न हतियारमा प्रयोग हुने गोली राउण्ड २३ थान र पेस्तोलमा प्रयोग हुने खाली म्यागजिन थान-१ फेला परेको र हतियार राख्ने शर्मा खरेललाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई अदालतबाट हिरासतमा राख्ने ७ दिनको को म्याद लिई थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६