बर्दिया : पिण्डेश्वर शिव-लक्ष्मी धाम बर्दियाले पाँच दिने पिण्डेश्वर पाँचौ शिव साधनाको आयोजना गर्ने भएको छ ।
साधना वैशाख १६ गते देखि २० गतेसम्म पाँच दिन चल्ने शिव-लक्ष्मी धाम बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बताइन् । बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ कोठियाघाटको ओमकारेश्वर शिव पञ्चायन मन्दिर परिसरमा साधनाको आयोजना हुने भएकाले उक्त स्थानमा व्यवस्थापनको काम तीव्र गतीमा भइरहेको अध्यक्ष रिजाले जानकारी दिइन्।
परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यमा आयोजना हुने यस शिविरमा साधकहरू, भक्ति, भजन, संगीत, ध्यान, जप, आराधना, सत्संग र उद्दारमा सहभागि हुने छन् । पाँच दिनको बसाइबाट सहभागीहरूले विभन्न रोग, दोष, बिघ्न र बाधाबाट राहात प्राप्त गर्ने अपेक्षा आयोजकले लिएको छ । साधनामा नेपाल, भारत र गैरआवासीय नेपालीहरू गरी करिब तीन हजारको संख्यामा भक्तजन तथा अनुयायीहरूको सहभागिता गराउने गरी आयोजकले आवाशिय तयारी थालेको अध्यक्ष रिजालले बताइन् ।
पिण्डेश्वर शिव-लक्ष्मी धामका देशभरका जिल्ला समितिहरूले विभिन्न शिविरहरूको आयोजना गर्दै आएको छ । बर्दियामा जिल्लामा गर्न थालिएको यो साधना शिविर दोस्राे पटक हुन लागेको आयोजकले बताएको छ । परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा देश विदेशमा करिब पाँच लाख बढी साधकहरू रहेको बताइन्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६