काठमाडाै : संसदीय सुनुवाइका क्रममा आफूमाथि परेकाे उजुरीका बारे जवाफ दिँदै सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुंगानाले आफूमाथि लागेकाे आराेप निराधार भएकाे बताएका छन् ।
आफूविरुद्ध परेकाे उजुरी गलत भएकाे बताउँदै ढुंगानाले आफू अदालतमा बिचाैलियाकाे बिगबिगी राेक्ने पक्षामा रहेकाे बताए । मुद्दा हेर्दै गरेकाे समय परेकाे भन्दै उनले कारण एउटै बेन्चमा परेकाे र १८ जना न्यायाधीशले मुद्दा हेरेकाे स्पष्ट पारे ।
उनले ठगी मुद्दामा बेन्च सपिङ गरेकाे उजुरीकाे स्पष्टीकरण दिएका हुन् । अतिरन्जित उजुरी परेकाे उनकाे भनाइ थियाे । सरकारवादी ठगी मुद्दामा जिल्ला अदालतकाे फैसला सदर भएकाे उनले बताए।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६