काठमाडाैं : जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने बाटो खुला भएकाे छ ।
सर्वोच्च अदालतले गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला गरिदिएकाे हाे ।
गृहको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा दायर रिटमा मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६