सोलुखुम्बू : लाेड गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा सोलुखुम्बूको माप्यदूधकोसी गाउँपालिका ४ मा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बेलुका घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किँदा डाँडागाउँका २० वर्षीय सुमन राईको मृत्यु भएको हो ।
बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि फाप्लु ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । पोस्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६