काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वाललम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो प्रदर्शन गरिररहेको छ ।
पहिलो खेलमा सिंगापुरलाई हराएको नेपाल दोस्रो खेल बर्षाले प्रभावित भएपछि डिएलए नियमका आधारमा यूएईसँग १ रनले पराजित हुन पुगेको थियो ।
आठ टोली सहभागी यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६