मेष
यो राशिलाई यस वर्ष ग्रहको प्रभाव समष्टिमा राम्रो रहने देखिन्छ । वर्षारम्भमा तृतीय राहु, नवम गुरु शनि वक्र रहेपनि तृतीय भावमा पूर्ण दृष्टि रहने र चन्द्र सूर्य को अनुकूलताले भाग्य बलियो हुनुको साथै वौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तान प्राप्तीको योग पनि यस वर्ष रहनेछ ।
राहुको कारण दाजुभाइ र सहयोगी हरुको सहयोग खासै मिल्ने देखिन्न । साधक व्यक्तिहरुको लागि यो वर्ष अनुकूल रहनेछ । धार्मिक कार्य हरुमा रुचि वढ्नुको साथै सामाजिक कार्यमा सम्मान पाउने योग छ ।
नोकरीमा उतार चढावका वावजुद सफलतामा पुग्न सकिनेछ । राजनीतिमा आफ्ने वर्चश्व कायम राख्न सफल भइनेछ । मित्रहरुले पूर्ण सहयोग गर्नेछन परिवारको सहयोग सोचे जस्तै मिल्नेछ । घर जग्गा जोड्ने र सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै सफलता मिल्नेछ ।
शैक्षिक उन्नतिमा छात्रबृद्धि हासिल गर्दै विदेश यात्रा हुने र राजनैतिक र कूटनैतिक कार्यको सिलसिलामा अथवा वैदेशिक व्यापारको बजार व्यवस्थापनको लागि विदेशिने योग छ । नयाँ प्रेम हुनुको वा पुरानो प्रेमको यात्राले वैवाहिक मार्ग अवलम्वन गर्नेछ ।
आषाढ १० गते देखि कार्तिक १२ गते सम्म गुरु पूनः वृश्चिक राशिमा फर्कने हुँदा स्वास्थ्यमा वाधा आउनुको साथै काममा अवरोध आउने, मन अशान्त हुने, भाग्य कमजोर हुने योग छ । धार्मिक कार्यमा अरुचि बढ्ने, लेनदेनमा अग्रसर भएमा आर्थिक संकट बढ्ने अवस्था आउँछ । विस्वास गरेकाले धोका दिनेछन । मन अशान्ति हुनेछ । यो समय ओं बृँ बृहस्पतये नमः भन्ने मन्त्र जप गर्नु राम्रो हुन्छ । अन्य समयमा ग्रहगोचर राम्रो रहनेछ । आषाढ, आश्विन, माघ, फाल्गुन राम्रो महिनामा पर्दछ भने ज्येष्ठ, श्रावण, मार्ग, चैत्र खराव र अन्य महिना मध्यम रहनेछ ।
वृष
यो वर्ष ग्रहगोचर का दृष्टिमा त्यति अनुकूल देखिन्न । वर्षारम्भमा अष्टम वक्र शनि र गुरुको प्रतिकूल प्रभाव र द्वितीय वक्र राहु शनि गुरुको वक्र दृष्टि रहने हुँदा धन क्षति हुनुको साथै दाँत मुखमा पीडा हुनेछ ।
अनावस्यक विवादले मानिसक तनाव बढाउनेछ । विस्वासमा धोका हुनेछ । ठूला व्यक्तिसँग हुने विमतिले राजनीति कर्मीहरुको अवस्था जटिल बन्नेछ । हाड जोर्नी दुख्नुको साथै मुत्रविकार वढ्ने सम्भावना रहन्छ । शरीरमा आलस्यता बढ्नुको साथै निर्णयको अभावले काम बीचमा रोकिने र आर्थिक संकट प्रसस्त मात्रामा बढ्नेछ ।
घरेलु समस्याले पनि धेरै सताउनेछ । मित्रहरुले अप्ठ्यारोमा सहयोग गर्ने छैनन । सवारी साधनले बेला बेलामा धोका दिनेछ । पतीपत्नीबीच मतभेद बढ्ने, व्यापारमा समस्या आउने र कूटनैतिक तथा वैदेशिक कार्यमा संकट आउने योग छ ।नोकरीमा संकट आउनेछ ।
राजनीतिमा एक पछि अर्काे समस्याले पदप्रतिष्ठामा समेत आँच आउनेछ । आषाढ ९ देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूल प्रभावले बोल्न विचार पुर्याउँदा वैदेशिक कार्यमा सुधार आउनुको साथै व्यापारमा प्रगति हुने, पति-पत्नी बीच सम्बन्ध राम्रो बन्ने, परिवारिक सहयोग मिल्ने तथा शैक्षिक यात्राको अवसर मिल्ने, सन्तानबाट लाभ हुने, प्रेममा सफल हुने र वैवाहिक कार्यमा सकारात्मक कुरा अगाडि बढ्ने देखिन्छ ।
फाल्गुन ५ गते देखि शनि अनुकूल रहने छ । मित्रहरुले साथ दिने हुँदा नयाँ कामको सुरुवात हुने तथा रोकिएका कामहरु पनि पुरा हुनेछन् । आम्दानी पनि बढ्नेछ । परिवारिक सुख र नोकरी तथा राजनीतिमा सुधार आउनेछ । बैशाख, आषाढ, भाद्र, पौष महिना प्रतिकूल रहने छ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र अनुकूल रहने र अरु मध्यम रहनेछन । वर्षको आरम्भ देखिनै ओं नमः शिवाय महाँ देवाय मृत्युँञ्जय महाँ देवायनमोऽस्तुते भन्ने मन्त्रको जप सकेसम्म धेरै गर्नु राम्रो हुनेछ ।
मिथुन
यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भको समय गुरु, शनि, सूर्य, चन्द्र र राहु अनुकूल रहने हुँदा गरेका काममा सफलता मिल्ने छ ।
व्यापार उन्नति, शैक्षिक उन्नतिका साथै कूटनैतिक कार्यलाइ लिएर विदेश यात्रा हुने योग छ । राजनीतिमा वैदेशिक सहयोग प्राप्त भई अरुलाई उछिन्दै अघि बढ्ने अवसर पनि मिल्नेछ ।
राशिमा एकादश तृतीय स्थानमा गुरुको दृष्टि पर्ने हुँदा आम्दानी प्रसस्त मात्रामा हुने, पढाइमा प्रगति हुने, तथा सन्तान प्राप्ती र भएका सन्तानले उन्नति गर्ने योग बलियो छ । किशोर किशोरीहरुलाई प्रेम गर्ने अवसर मिल्नेछ । साथै वैवाहिक वन्धनमा बाँधिने सम्भावना रहन्छ ।
औद्योगिक कार्यमा लाग्नेहरुको लागि समय अनुकूल रहनेछ । निर्माण व्यवसायीहरुले सोचेजस्तै सफलता पाउनेछन् ।
आषाढ ९ गते देखि कार्तिक १२ गते सम्म गुरु प्रतिकूल हुनाले शत्रु बढ्ने, काममा अवरोध आउने, वैदेशिक कार्यमा समस्या हुने र नोकरीमा संकट आउनुको साथै राजनीतिमा ठूलो संकट अउनेछ ।
विस्वास गरेकाले धोका दिनेछन् । व्यापारमा संकट आउने, कूटनैतिक कार्यमा असफल भई राजनीतिमा मुद्धा मामिलाले वदनाम हुनसक्ने यो समय अति संयम हुनुपर्नेछ ।
कार्तिक १३ देखि फाल्गुन ४ सम्म ग्रह गोचर राम्रो भएकोले महत्वपूर्ण कामहरु त्यति बेलानै गर्नु राम्रो हुनेछ । फाल्गुन ५ देखि अढैया शनि सुरु हुने हुँदा समय प्रतिकूल हुनेछ । आर्थिक कठिनाई धेरै बढ्नेछ । स्वास्थ्यमा वाधा आउनेछ । मुटु तथा मस्तिष्कमा समस्या आउन सक्छ ।
पति–पत्नी बीच सम्बन्ध बिग्रन सक्छ । ज्येष्ठ, श्रावण, आश्विन, माघ अशुभ महिना हुन भने वैशाख, भाद्र, कार्तिक, पौष, फाल्गुन शुभ महिना हुन्। अरु मध्यम रहने छन । ओं शं शनिश्चराय नमः यो मन्त्रको जप वर्षारम्भ देखिनै गर्नु होला ।
कर्कट
ग्रह गोचर समष्टिमा राम्रो छ । वर्षारम्भदेखि नै राहु बाह्रौ तथा छैटा गुरुको प्रतिकूलताले खर्च बढाउने, विवाद बढाउने र चिन्ता बढाउने हुनाले संयम हुनु पर्नेछ ।
विद्या र उन्नतिमा वाधा हुने र वौद्घिक कार्यमा प्रसस्त कठिनाई आउनेछन । समयमा निर्णय नहुँदा महत्वपूर्ण कामहरु बिग्रनेछन । मित्रहरुले समयमा कुरा नवुझ्ने र शत्रुले मौका छोपेर अप्ठ्यारो पारी फसाउने हुँदा गोपनियतामा जोड दिनु पर्ला ।
प्रेम सम्बन्धमा विवाद उत्पन्न हुँदा प्रतिष्ठामा आँच आउन सक्ने र त्यही कारणले प्रसस्त धन क्षति हुनसक्ने भएकोले प्रेमको मामलामा सचेत हुनु राम्रो देखिन्छ ।
वैदेशिक व्यापारमा समस्या आउने तथा कूटनैतिक क्षेत्रमा विवाद बढ्न सक्ने हुनाले यस्ता कार्य हरुमा संयमित भएर काम गर्नु उचित हुनेछ । धार्मिक पक्ष कमजोर हुँदा मनोवल कमजोर भएपनि ज्येष्ठ ९ गते बाट कार्तिक १२ गते सम्म पञ्चम गुरुको भाग्य स्थान, एकादश स्थान र राशिमा दृष्टि अनुकूलताले बौद्धिक कार्यहरु धेरै हुनेछन् ।
शैक्षिक कार्यमा सफलता सोचे जस्तै मिल्नेछ । लेखन मार्गमा सोचेभन्दा बढि सफलता मिल्नेछ । सन्तान सुख राम्रो हुनुको साथै सन्तान नहुनेलाइ सन्तान लाभ हुने वर्ष छ ।
व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । सो कार्यबाट मनग्य धन कमाउने अवसर मिल्नेछ । कूटनैतिक क्षत्रमा ऐतिहासिक सफलता मिल्नेछ ।
कूटनैतिक कार्यबाट राजनीतिमा अग्रहुने अवसर पनि मिल्नेछ । मित्र परिवारजनहरुको पर्याप्त सहयोग मिल्नेछ भने शत्रु पराजय हुनेछन । घर तथा सवारी साधन जोड्ने तरखरमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
आषाढ, भाद्र, कार्तिक तथा फाल्गुन महिना अशुभ हुनेछन भने बैशाख, ज्येष्ठ, आश्विन, पौष शुभ महिना हुन् । अन्य महिनाहरु मध्यम रहनेछन् ॐ नमः भगवते वाशुदेवाय यो मन्त्रको जप बर्षारम्भ देखिनै गर्नु राम्रो होला ।
सिंह
यस बर्षका ग्रह गोचर समष्टिमा राम्रो रहनेछ । एकादश स्थानमा उच्च राहुलाई पञ्चम गुरुको दृष्टिको अनुकूल प्रभाव बर्षभरि नै रहनेछ ।
राहुको तथा गुरुको अनुकूलताले अधुरा कामहरु पुरा हुने र नयाँ काम आरम्भ हुने हुँदा आम्दानी ह्वात्तै बढ्ने मित्र तथा गैर मित्र हरुबाट पर्याप्त सहयोग पाउने हुँदा उच्च सम्मान बढ्ने मस्तिष्क तिब्र हुने र शत्रुलाई परास्त गर्ने योग भएकोले सकृय भएर काम गर्नुपर्ला ।
गुरु, केतु तथा शनि पञ्चममा एक साथ रहेको वर्षारम्भले शैक्षिक क्षेत्रलाइ धुँमिल्याउन खोजे पनि शनि बृहस्पतिको संयोग निकै बलवान हुने हुँदा उतारचढावका वावजुद शैक्षिक मार्ग सवै र विशेष कानुन र प्राविधीक पक्षमा अनुकूल हुनुको साथै छात्रवृत्ति सहितको शैक्षिक यात्रा गर्ने अवसरहरू पनि मिल्नेछन् । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बोलिको प्रभाव राम्रो रहनेछ ।
ठूला व्यक्तिले आफू प्रति विश्वास गर्नेछन् ।सहयोगीहरूबाट र दाजुभाइहरूबाट राम्रो सहयोग नपाए तापनि आफ्नै प्रयास र प्रयत्नले सफलता हाँसिल गरी महत्वपूर्ण काम हात पार्न सफल हुनुहोला ।
औद्योगिक कार्यमा नयाँ अवसरहरू पनि पर्याप्त मात्रामा मिल्नेछन् । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । सप्तम शनि र पञ्चम गुरुको एक साथ बन्ने राजयोगले बौद्धिक र कूटनैतिक कार्यमा ठूलो फड्को मार्दै राष्ट्रिय सम्मान पाउने योग छ ।
भुलेका मित्रले याद गर्दै विदेश घुमाउने प्रयास गर्नेछन् । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । पुराना प्रेमले दाम्पत्य जीवनको बाटो अंँगाल्नेछ । सामाजिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ ।
नोकरीमा पदोन्नति र राजनीतिमा आफ्नो वर्चस्व बढाउन प्रतिस्पर्धाले मात्र सकिनेछ । आषाढ ८ गते देखि कार्तिक १२ गते सम्म गुरु केन्द्रादि दोष बनाउँदै प्रतिकूल हुने हुँदा घरेलु कार्यमा र मित्रको सम्बन्धमा अनावश्यक संकट ह्वात्तै बढ्नेछ ।
फाल्गुन ५ गते पछि शनिको सातौँ स्थान प्रवेशले पति–पत्नीबीच बढ्ने विवादले मनलाई विचलित पार्ने तथा आफन्तहरूसँग मनमुटावले शत्रुलाई बलियो गराउने भएकोले केही अप्ठ्याराहरू देखिए पनि यस वर्ष ग्रह स्थिति राम्रो छ ।
ज्येष्ठ, आषाढ, कार्तिक, माघ राम्रो महिनामा पर्दछ भने श्रावण, आश्विन मार्ग र चैत्र खराव महिना र वैशाख, भाद्र, पौष फाल्गुन मध्यम महिना रहनेछ ।
कन्या
वर्षारम्भमा चतुर्थ वक्री केतु गुरु र अढैया शनिको प्रतिकूल प्रभाव रहनेछ । गुरु तथा शनिका कारण परिवारिक समस्या बढ्नेछ ।
पेट गडवड हुनुको साथै मित्रहरूको असहयोगले काम गर्न अप्ठ्यारो हुनेछ । विश्वास गरेकाहरूबाट विश्वास घात हुनेछ । बसाईं सराइको योग पनि देखिन्छ । सवारी साधनले पटकपटक दुःख दिनेछ । घरेलु समस्याले गर्दा पढाइमा अवरोध आउनेछ । सन्तानसँग पनि विमति भएर चिन्ता बढ्नेछ ।
शत्रुले परिवारसँग मिलेर फसाउने प्रयत्न गर्नेछन् । आफन्तहरू सहयोग गर्न भन्दा कुरा काट्न उद्धत हुनेछन् ।
आमा हुनेहरूको लागि आमाको स्वास्थ्य समस्याले धेरै सताउनेछ । हाडजोर्नीको पीडा पनि कमी हुनेछैन । लेनदेनमा विवादको समाना गर्नु पर्नेछ । नोकरी तथा राजनीतिमा राहुको प्रतिकूलताले समय समयमा संकट सिर्जना गरेपनि राहु उच्च हुनाले प्रयत्न गर्दा सफल हुन सकिनेछ ।
आषाढ ९ गते देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूलताले गर्दा भाग्य बलियो भई अरुको विश्वास सजिलै जित्न सकिनेछ ।
संयमीत भएर काम गर्दा धेरै कुरामा सफलता मिल्नेछ । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । यो समय सेवक तथा दाजुभाइहरूवाट उचित सहयोग मिल्न सक्नेछ ।
धर्ममा रुची बढ्ने र तीर्थयात्राको योग पनि वलियो छ । सामाजिक कार्यमा प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईंको आवश्यकता महसुस हुनेछ र विरोधीहरू नै शरण पर्न आउनेछन् । व्यापारमा लाभ सोचेभन्दा बढि नै मिल्नेछ । कूटनैतिक क्षेत्रमा ऐतिहासिक र अविष्मरणीय कार्य गरेर समाजको उत्थान र शत्रुको शीर निहुराउन सफल हुनुहोला । विना दौडधूप प्रेममा सफलता मिल्नेछ ।
अविवाहितहरूको लागि विवाहको र विवाहितहरुको लागि सन्तानको योग रहनेछ । खर्चको गति तीव्र भए पनि आम्दानीका श्रोतहरू चौतर्फी जुट्नेछन् ।
राज्यले फसाउने प्रयास गरेपनि तपाईंको इमान्दारिताले अन्ततः राज्यनै झुक्नु पर्ने देखिन्छ । यो समय बलको काममा भन्दा बुद्धिको काममा जोड दिनु राम्रो हुनेछ । फाल्गुन ५ गते देखि अढैया शनि सकिने हुँदा वैदेशिक व्यवसाय र कुटनैतिक क्षेत्र र पर्यटकीय व्यवसायमा हुनेहरूको लागी यो समय राम्रो रहनेछ ।
सवारी साधन र घरजग्गा व्यवसाय गर्नेहरु फाल्गुन ४ गते सम्म नराम्रोसँग फस्न सक्नेछन् । आषाढ, श्रावण, मार्ग, फाल्गुन राम्रो महिनामा पर्दछ भने बैशाख, भाद्र, कार्तिक, पौष नराम्रो र ज्येष्ठ, आश्विन, माघ, चैत्र मध्यम महिनामा पर्दछ ।
तुला
वर्षका ग्रह गोचर आगामी फाल्गुन ४ गते सम्म राम्रो छ । सानातिना उल्झन आए पनि वर्षारम्भमा तृतीयस स्वगृही गुरु तथा चतुर्थेश पञ्चमेश शनि तृतीय भावमा बलशाली भएकोले आँट र साहस प्रशस्त मात्रामा बढ्नेछ ।
नयाँनयाँ सोचका साथै नयाँनयाँ काममा प्रवेश गरी सफलतामा पुग्न सकिनेछ । मित्र तथा परिवारजनको उचित सहयोग मिल्नेछ । भुलेका मित्रले पुनः याद गर्नेछन् । घर तथा सवारी जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता पाउनुहोला ।
शैक्षिक यात्रामा छात्रवृत्ति प्राप्त गर्ने, ज्ञान विज्ञानमा विषेश लाभ हाँसिल गर्ने र प्रविधीक तथा कानूनी शिक्षामा ऐतिहासिक सफलता मिल्ने योग रहेको छ । सामान्य मित्रको सम्बन्ध प्रेममा परिणत हुनेछ भने घनिष्ट प्रेम वैवाहिक मार्गमा अघि बढ्न सक्नेछ ।
सन्तान प्राप्तीको पनि बलियो सम्भावना छ । बोलिको प्रभाव राम्रो रहेकोले कूटनैतिक कार्यमा कीर्तिमानी कार्य गर्न सफल भई अरुको शीर निहुराउन सफल हुनुहोला । ठूला व्यक्ति सँग निकट भई काम गर्ने अवसर मिल्नेछ ।
राज्यका उच्च अङ्गले तपाईंको परामर्स लिनेछन् ज्येष्ठ, आश्विन, मार्ग र माघ महिना बाहेकका महिनामा धन आर्जन प्रशस्त मात्रामा हुनेछ ।
धार्मिक, सामाजिक वा वैज्ञानिक कार्यको अनुसन्धानको सिलसिलामा यात्रा गर्ने अवसर मिल्नेछ । व्यापारमा सफलता पाउन अलि प्रतिस्पर्धा गर्नु पर्नेछ ।
भाग्यले साथ नदिए पनि कर्म बलियो भएकोले बर्षारम्भदेखि फाल्गुन ४ सम्म समय अनुकूल रहनेछ । फाल्गुन ५ देखि अढैया शनि तथा तृतीय केतु र नवौं राहुको प्रतिकूलताले पेट, छाती समस्या हुने तथा नोकरीमा र राजनीतिमा संकट आउनाले मनमा चिन्ता बढ्नेछ ।
यतिबेला शत्रु सक्रिय हुने हुनाले सजग रहनु उचित हुनेछ । शरीरमा चोटपटक लाग्न सक्छ । निर्णय गर्न गाह्रो भई आफू दुविधाग्रस्त भएको मौकामा अरुले गलत फाइदा उठाउन सक्ने भएकोले धैर्य गर्नुपर्ला ।
मातापिताको स्वास्थ्यमा वाधा र सम्बन्धमा ह्रास आउन सक्ने भएकोले सचेत हुनु वेश रहनेछ । ज्येष्ठ, आश्विन, माघ, मार्ग खराव महिना, श्रावण, भाद्र, पौष, चैत्र राम्रो र आषाढ, कार्तिक, फल्गुन र बैशाख मध्यम महिना रहनेछन् ।
वृश्चिक
वर्षको ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भबाट आषाढ ९ सम्म र कार्तिक १३ देखि द्वितीय गुरुको दशम दृष्टि समेतको अनुकूताले बोलिको प्रभाव राम्रे रहने हुँदा नोकरीमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । अरुको विस्वास जितेर राजनीतिमा महत्वपूर्ण सफलता हासिल गरी धन मनग्य कमाउन सकिने छ ।
वैदेशिक व्यापार र कूटनैतिक क्षेत्रमा कुशलता प्रदर्शन गरी उचित लाभ उठाउन सकिनेछ । पढाइमा र वौद्धिक कार्यमा राम्रै सफलता मिल्नेछ । लेखन मार्गमा रुचि बढ्ने र सफल पनि हुने देखिन्छ । अषाढ ९ देखि कार्तिक १२ गते द्वितीय शनि, केन्द्रादि दोष युक्त गुरु, अष्टम राहु, द्वितीय केतु रहेका छन् जस्ले कार्यमा निरासका बादलहरू चौतर्फी फैलाउने छन् ।
सोचने शक्ति अत्यन्त कमजोर हुनेछ । जसको फलस्वरुप मुटु र मस्तिष्कमा पीडा, मानसिक तनाव र अनावयश्क विवादले सञ्चित धनको नास भई अरुबाट तीव्र आलोचना हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् ।
अरुको काम धेरै गर्नु परे तापनि जश पाउने सम्भावना अत्यन्त कम रहनेछ । गलत विचार प्रशस्त मात्रामा बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । नोकरीमा एकपछि अर्काे समस्याले ग्रसित हुनुपर्नेछ । विनाकारण दोषी भई स्थानान्तरण हुनेछ ।
राजनीतिमा पाएको स्थान र मान गुम्ने प्रवल सम्भावना छ ।
घरेलु समस्याले सताउनेछ । पारिवारिक समस्याले घरै छाड्ने स्थितिसम्म सिर्जना हुन सक्नेछ । सवारी साधनले पनि धोका दिनेछ । मित्रहरूले सहयोगको सट्टा अक्रमण गर्नेछन ।
फाल्गुन ५ पछि शनि साढेसाती सकिने हुँदा समय अनुकूल भई शत्रु पराजय हुने र व्यापार तथा पढाइमा सुधार आउनाको साथै उपलब्धिमूलक यात्रा गर्नु हुने र प्रेमको यात्रालाई वैवाहिक मार्गमा परिवर्तन गर्ने योग रहनेछ । पति–पत्नीबीच सौहार्दता बढ्ने छ । भाग्यले साथ दिनेछ । धर्ममा मन जाने छ । सामाजिक कार्यमा धेरै प्रशंसा हुनेछ ।
आषाढ ९ देखि कार्तिक १२ सम्म महत्वपूर्ण काम सकेसम्म अघि नबढाउनु वेश हुनेछ । बैशाख, भाद्र, आश्विन, माघ शुभ र आषाढ, कार्तिक, पौष, फाल्गुन अशुभ तथा ज्येष्ठ, श्रावण, मार्ग र चैत्र महिना मध्यम रहनेछन् ।
धनु
बर्षका ग्रह गोचर प्रतिकूल रहनेछ । मध्य साढेसाती सप्तम राहु तथा राशिको केतु र वार्षारम्भमा राशिमा रहेका वक्र गुरु र शनिको प्रतिकूल प्रभाव रहने हुँदा ग्रहको प्रभावले नकारात्मक अवस्था रहनेछ ।
धनस्थान र पराक्रम स्थानको मालिक शनि राशिमा बसेकोले विवादहरू बढ्नेछन् । सकेसम्म गोपनीयता अपनाउनु राम्रो रहनेछ । आम्दानीका अवसरहरू मिल्ने छैनन् ।
कामको फुर्सद नहुँदा पनि अधुरा काम बाँकी रहने र नयाँ काममा अवसर नपाउने हुँदा चिन्तित हुनु पर्नेछ । सहयोगीहरूको सहयोग पनि मिल्ने छैन । मित्रहरूले पूर्णरुपमा असहयोग गर्नेछन् । परिवारिक असहयोगले धन हातपार्न सकिनेछैन ।
घर तथा सवारी साधन जोड्ने क्रममा हुनुहुन्छ भने सजिलै प्राप्त हुने छैन । पढाइमा सफलता नमिल्ने र बौद्धिक कार्यमा कमजोर हुने भएकोले त्यसमा सफलता हाँसिल गर्न सकिनेछैन । पढ्नका लागि विदेश जाने तयारिमा भए त्यसमा सफता पाउने सम्भावना छैन । शत्रु बलिया हुने हुँदा आफ्नो जीत सुनिश्चित हुने छैन ।
व्यापारमा सफलता पाउन निकै कसरत गर्नु पर्नेछ । प्रेममा अवरोध आउने र वैवाहिक कार्यमा विलम्व हुने योग छ । सबैतिरबाट निरासाहरूमात्र छाउनेछन् । मन अत्यन्त विचलित हुनेछ ।
मनमस्तिष्क र शरीर सबै कमजोर बन्नेछन् । मानसिक तनावलाई नियन्त्रणमा लिन गाह्रो पर्नेछ । गलतलाई सही र सहीलाई गलत ठानेर निर्णय हुने हुँदा सर्वत्र आलोचना हुनेछ ।
झुटा आरोपको सामना प्रशस्त मात्रामा गर्नु पर्नेछ । आफन्तहरूनै कुराकाट्न तम्सिनेछन् । परिवारले समेत साथ नदिने हुँदा दिक्क भएर घर छाड्ने मनस्थिति बन्नेछ । बौध्दिक कार्यहरू ओझेलमा पर्नेछन् । पढाइमा ह्रास आउनेछ ।
व्यापारमा सङ्कट आउनुको साथै यात्रामा र वैदेशिक कार्यमा प्रशस्त सङ्कट सामना गर्नु पर्नेछ । भरोसा गरेकैहरूले अरुसँग मिलेर फसाउने सम्भावना छ ।
आर्थिक कारोवारमा निकट सम्वन्धहरू तोडिने सम्भावना रहेकोले सकेसम्म नगद कारोवार नगर्नु नै उचित हुनेछ । ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन शुभ, श्रावण, मार्ग, माघ, चैत्र अशुभ र बैशाख, आषाढ, भाद्र, पौष मध्य महिना हुनेछन् ।
मकर
यो वर्ष आषाढ ८ सम्म बाह्रौ वक्री गुरु शनि रहने हुँदा अनावश्यक विवाद र अनावश्यक खर्चलाई धान्नै मुस्किल पर्नेछ ।
व्यवासायिक मार्ग अत्यन्तै प्रतिकूल रहनेछ । वैदेशिक कार्यमा अनियन्त्रित ह्रास आउनेछ प्रेमको सम्वन्ध विनाकारण विग्रन गई मनमा पीडा खपि नसक्नु हुनेछ ।
पति–पत्नीबीचको सम्वन्ध कमजोर हुनुको साथै परिवारिक आलोचना पनि सामना गर्न मुस्किल पर्नेछ । सानो भूलको परिणाम ठूलो बनेर निस्कनेछ । पुराना समस्यालाई कोट्याएर अप्ठ्यारोमा पार्ने काम शत्रुले गर्नेछन् ।
आर्थिक कठिनाइले प्रतिष्ठामा समेत धक्का पुग्न सक्छ । नोकरीमा विनाकारण दोषी भइ पदमुक्त हुने सम्भावना रहनेछ । राजनीतिमा पुराना कुरालाई उल्टाएर फसाउने काममा शत्रु निकै सक्रिय हुनेछन् ।
अलिकति मात्र पनि वेहोस गरिएमा झुटा आरोप लगाएर मुद्दा मामलामा फसाउने सम्भावना रहनेछ । विश्वास गरेकाले समेत आवश्यक परेको समयमा धोका दिने भएकोले आफूलाई सम्हाल्न मुस्किल पर्नेछ । कार्तिक १३ पछि पनि ग्रह यस्तै प्रतिकूल रहनेछन् ।
साढेसाती को प्रभाव वर्ष भरिनै रहनेछ । हड्डी र नसा कमजोर भई शरीर सिथिल हुने र मन समेत विचलित हुने हुँदा सक्दो आराम गर्ने प्रयास गर्नुहोला ।
आषाढ ९ बाट कार्तिक १२ सम्म गुरुले लाभ भावमा गोचर गर्ने हुँदा व्यापार तथा वैदेशिक कार्यमा अपेक्षित सुधार आउने र अवस्था सकारात्मक हुनेछ । आर्थिक उन्नतिमा अप्रत्यासित प्रगति हुन गई मनस्थितिलाई प्रशस्त उर्जा प्रदान गर्नेछ । रोकिएका कामहरू क्रमशः बन्न थाल्नेछन ।
नयाँ कामका प्रस्तावहरूपनि आउनेछन् । कमजोर शरीरमा उत्साह पैदा हुनेछ । मित्रहरूले यथार्थ बुझेर आत्मालोचना र क्षायाचनाका गर्दै साथ सहयोगको तत्परता पनि देखाउनेछन् । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्यमा तीव्रताका साथ अघि बढ्ने अवसर मिल्नेछ ।
सन्तानहरूबाट उचित सहयोग मिल्नेछ । पति–पत्नीबीच बिग्रिएको सम्बन्ध राम्रो बन्नेछ । प्रेमको मार्गमा आएको अवरोध हटेर जानेछ ।
नोकरीमा आएको समस्यालाई सजिलै हटाउन सकिनेछ । राजनीतिमा आउने समस्यालाई कूटनैति सहयोगमा आफ्नो प्रयासले सुल्झाउन सकिनेछ ।
महत्वपूर्ण काम आषाढ ९ पछि र कार्तिक १२ भित्र मात्र गर्नु उपयुक्त रहनेछ । कार्तिक १३ पछिको समय निकै प्रतिकूल रहनेछ । वैशाख,भाद्र पौष र फाल्गुन महिना अशुभ र आषाढ, कार्तिक, मार्ग र चैत्र शुभ अरु मध्यम रहनेछन् ।
कुम्भ
वर्षारम्भमा शनि गुरु राहु केतुका साथै अधिकांश ग्रह अनुकूल भएकोले ज्ञान विज्ञान तथा प्राविधिक शिक्षा र त्यस्तै काममा चौतर्फी सफलता पाउने योग छ । तपाईको निश्चल कार्य र इमान्दारितामा राज्यले नतमस्तक हुनु पर्नेछ ।
निर्माण कार्यमा लाग्नेहरूले आफ्नो दक्षता प्रदर्शन गरी कूशलता प्रस्तुत गर्ने अवसर पाउनेछन । बोलीको प्रभाव राम्रो रहनाले आकस्मिक धनलाभ हुनुको साथै नसोचेको काम हात पार्न बोलीकै प्रभाव प्रयाप्त हुनेछ ।
ठूला व्यक्तिसँग हुने अन्तर संवादमा उनिहरुको मन जित्न सफल भई आफ्नो मनोबल बढ्नुको साथै उनीहरुकैे सदासयताबाट पद प्रतिष्ठा प्राप्तीकोे सम्भावना रहनेछ । नोकरीमा शुभ अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन ।
पदोन्नतिको सम्भावना पनि प्रवल छ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल भइनेछ । कुटनैतिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । शत्रु पराजय हुनुको साथै मित्र तथा पारिवारिक सहयोग प्रशस्त मात्रामा मिल्नेछ ।
नयाँ मित्रको आगमनले सफलतालाई अझै उचाइमा लैजानेछ । घर जग्गा तथा सवारी साधन जोड्ने प्रयासमा हुनु हुन्छभने ठूलै प्रयासले मात्र सफलता मिल्नेछ ।
व्यापारमा लाभ मिल्नुको साथै रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले वैदेशिक कार्यमा लाभ हुने योग छ । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । अविवाहित र सन्तान नहुनेहरूको लागि यो वर्ष निकै फलदायी रहनेछ ।
भाग्य बलियो हुनुको साथै धार्मिक कार्यहरूमा मन जाने र सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ । तीर्थयात्रा पनि हुनेछ । कुरा काटनेहरू सबै प्रशंसक हुनेछन् ।
पुराना समस्या सुल्झाउनका लागि यो उचित समय हो । आश्विन १९ पछि गुरुको केन्द्र प्रवेशले परिस्थिति अलि प्रतिकूल बन्नेछ । महत्वपूर्ण कामलाई भाद्र महिनासम्म सक्नु उपयुक्त हुनेछ ।
आषाढ ९ पछि कार्तिक १२ सम्म बृहस्पति केन्द्रमा स्थान हानी गरेर रहने हुँदा नोकरीमा केही अप्ठ्यारहरू आउनेछन् । गोपनीयतामा जोड दिनुहोला । राजनीतिमा शत्रुको कुदृष्टि पर्ने हुँदा अरुको विश्वासमा भन्दा आफ्नो विवेकमा काम गर्दा समस्या कम होला । यो समय अत्यन्त संयमित रहनु पर्नेछ । बैशाख, श्रावण, मार्ग र पौष शुभ महिना हुन भने ज्येष्ठ, आश्विन, माघ र चैत्र खराब र आषाढ, भाद्र, कार्तिक र फाल्गुन मध्यम महिना हुन् ।
मीन
वर्षारम्भमा दशम गुरु तथा शनि वक्रभै प्रतिकूल रहनेछ । राशि स्वामी र दशमेष गुरु स्थान हानी गर्दै दशमस्थानमा बसेकोे र चतुर्थ स्थानमा शनिको र गुरुको वक्र दृष्टि हुने र राहु समेत वक्र भई चतुर्थ रहने हुँदा स्वास्थमा समस्या धेरै आउन सक्छ ।
नोकरीमा सङ्कट आउनुको साथै राजनीतिमा समस्या आउनेछ । झुटा आरोप लगाउने हरू सक्रिय हुनेछन् । विश्वास गरेका हरूबाट धोका हुनेछ । विनाकारण हुने विवादले मानसिक तनाव बढ्नेछ । आर्थिक सङ्कटले सताउनेछ ।
कामको बीचमा अवरोध खडा गर्नेहरू सक्रिय हुनेछन् । मित्रहरूको गुनासो बढ्नुको साथै पारिवारिक समस्याले सताउने देखिन्छ । आमाको स्वास्थ्यमा समस्या आउन सक्ने हुनाले त्यतातिर समयमै ध्यान पुर्याउनु उचित होला । पढाइमा ह्रास आउनुको साथै बौद्धिक कार्यमा समस्या आउने योग छ ।
पितासँगको सम्वन्धमा ह्रास आउनेछ । सर्वत्र सङ्कट आउनेछ । गलत विचार बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । आषाढ ९ पछि कार्तिक १२ सम्म गुरुको शनिको अनुकुलताले समय बलियो हुनेछ । उच्च मनोवल बढ्नुको साथै सकृय भएमा रोकिएका कामहरू बन्नेछन् ।
दशमेष गुरु भाग्य भावमा र एकादशेस शनि कर्म भावमा बलियो भएकोले अघि बढ्न सजिलो हुनेछ । धार्मिक कार्यमा अघि बढेर सम्मान पाउनु होला । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । नोकरीमा आउने समस्या हटेर जानेछ । राजनीतिमा आएका समस्याहरू पूर्ण रुपले हटेर जानेछन । राज्यले आफ्नो गल्ती महसुस गरी तपाईको लगनशीलता र इमान्दारिताको उच्च मुल्याङ्कन गर्नेछ । पदक प्राप्ति पनि हुनेछ ।
आम्दानीमा आएका बाधाहरू पूर्ण रुपले हटेर जानेछन र आम्दानीका स्रोत हरू चौतर्फी जुटनेछन । व्यापारमा र वैदेशिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्य पनि निर्विवाद अघि बढ्नेछ । परिवार तथा मित्रहरूले पनि कुरा बुझेर सहयोगको हात अघि सार्नेछन् ।
शत्रुलाई परास्त गर्दै आफ्नो लक्ष्यमा पुग्न सहज वातावरण बन्नेछ ।
महत्वपूर्ण कामहरू आषाढ ९ देखि कार्तिक १२ भित्र गर्नु यव उपयुक्त रहला । ज्येष्ठ, भाद्र, पौष र माघ शुभ महिना हुन भने वैशाख, आषाढ, कार्तिक र फाल्गुन अशुभ छन् । श्रावण, आश्विन, मार्ग र चैत्र मध्यम रहनेछन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६