रोयल च्यालेनजर्स बंगलोरले इन्डियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ । शनिबार राती सम्पन २८ औं खेलमा किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको हो । यस अघि बेंगलोर सुरुवाती ६ वटै खेलमा पराजित भएको थियो ।
पञ्जाबले दिएको १७४ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा २ गुमाएर पुरा गर्यो। बेंग्लाेरलाई जिताउन कप्तान कोहली र एबी डेभिलियर्सले उत्कृष्ट साझेदारी गरेका थिए । कोहलीले ६७ रन बनाउँदा, पार्थिक पटेल १९ रनमा आउट भए । कोहली आउट भएपछि क्रिजमा आएका मार्कस स्टुनिस र डेभिलिययर्स अविजित रहे ।
डेभिलियर्स ५९ रनमा नट आउट रहँदा स्टुनिस पनि २८ रनमै नट आउट रहेका थिए । पञ्जाबका लागि क्रिस गेलले नट आउट ९९ रन बनाए पछि निर्धारित ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । गेलले जीवन दान पाएपछि अन्तिमसम्म नट आउट रहे ।
९९ रनको पारि खेल्दा गेलले ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । मन्दीप सिंह १८ रनमा नट आउट रहँदा केएल राहुल पनि १८ रनमा आउट भए । यसैगरी बेंग्लोरका युजबेन्द्र चहलले २ विकेट लिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६