काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटमा सिंगापुरलाई जितका लागि २ सय ८३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए भने रसिद खानले ४८, पवन सर्राफले ४७, कमल सिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रनको योगदान दिए ।
नेपालले विशाल योगफलतर्फ अघि बढिरहेको अवस्थामा ४६ औं ओभरमा ३ विकेट गुमाउन पुगेको थियो ।
कप्तान रोहितकुमार पौडेल सतक बनाउन चुके । उनले नेपाललाई बलियो स्कोरमा डोहो¥याएका थिए । एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे ।
सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक चार विकेट लिए भने राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले एक विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५