अध्ययनका लागि चन्द्रमामा पठाएको इजरायलको बेरेसिट नामक अन्तरीक्षयान दुर्घटना भएको छ । मुख्य इन्जिनमा खराबी आएपछि सो यान चन्द्रमाको सतहमा ठूलो आवाजका साथ विस्फोट भएको बताइएको छ ।
चन्द्रमामा अन्तरीक्ष विमान पठाउने चौंथो राष्ट्र बन्ने लक्ष्यका साथ इजरायलले सो विमान पठाएको थियो ।
चन्द्रमाको ७ हप्ताको यात्रापछि दुर्घटना हुनु अघि सो यानले सतहको १५ किलोमिटर टाढाबाट सम्पर्क गरेको यान परियोजनाका प्रमुख मोरिस काहले बताए ।प्रयास असफल भएपनि आफूहरुले तत्परता देखाएकाले गर्व महसुस भएको काहको भनाई छ ।
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चन्द्रमाको अध्ययनको पहिलो प्रयास असफल भएपनि पुनः अर्को तयारी थाल्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।
जसले अन्तरीक्षका तस्बिरहरु खिच्ने तथा अध्ययनहरु गर्ने बताईएको थियो । यसअघि रुस, अमेरिका र चीनले चन्द्रमामा अन्तरीक्षयान पठाईसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५