काठमाडौं : नेपालका लागि सडकमार्ग महत्त्वपूर्ण मार्ग हाे । अझ स्थानीय यातायातका लागि त सडकको विकल्प नै हुँदैन । तर नेपालका सडकमार्ग, शहरमा होस् वा ग्रामीण भेगमा नै, अत्यन्तै बिजोग अवस्थामा देखिन्छन् ।
शहरी सडकमा अझ समस्या किन पनि देखिन्छ भने शहरमा ढल, खानेपानी, बिजुलीलगायतको व्यवस्था पनि सडकबाट नै गरिएको हुन्छ । सडकबाटै ढल र खानेपानीका लागि पाइपहरू बिछ्याइएको हुन्छ भने अहिले त कतिपय शहरी क्षेत्रमा बिजुली र दूरसंचार अनि इन्टरनेट सेवा प्रदायकहरूले समेत तारहरू सडकबाटै वितरण गर्न थालेका छन् ।
यिनै कारणले पनि तथा सडक विस्तार र कालोपत्रे गर्ने नाममा राजधानी काठमाडौंका धेरैजसो सडक अहिले अत्यन्तै दुर्दशाको अवस्थामा छन् । रमाइलाे त के देखिन्छ भने सडक विभागले सडक बनाउँछ, मर्मत गरेर जान्छ अनि ढलबाट आएर भत्काएर ढल हाल्न थालिन्छ, खानेपानीका पाइप हाल्न थालिन्छ । यति भएपछि पुन: सडक मर्मत गरिन्छ अनि फेरि विद्युत प्राधिकरण, दूरसंचार आएर सडक कोतर्न थाल्छन् । यस्तैयस्तै हुँदै सडक बनाउने, भत्काउने क्रम वर्षैभरि चलिरहन्छ ।
यही क्रम देखियो काठमाडौंको मूलपानीदेखि गौरीघाटसम्म आइपुग्दा ।
हेरौँ यी तस्बीरमा सडकको दुर्दशा :
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५