वेस्ट इन्डिजका काइरान पोलार्डले विष्फोटक ब्याटिङ गरेपछिआईपीएलको २४ औं खेलमा किंग्स इलाभेन पन्जावमाथि मुम्बई इन्डियन्सले रोमान्चक जित हात पारेको छ । बुधबार राति भएको खेलमा जित हात पारेको हो ।
वानखडे स्टेडियममा पञ्जाबले दिएको १९८ रनको लक्ष्य मुम्बईले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।मुम्बईका जितमा नायक बनेका कार्यवाहक कप्तान समेत रहेका काइरन पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै ८३ को विष्फोटक ब्याटिङ गरेपछि मुम्बईको जित संभव बनेको हो ।
मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा ३२ रन चाहिएको थियो । १९ औं ओभरमा पोलार्डले साम करनलाई २ छक्का र १ चौका प्रहार गर्दै कुल १७ रन बटुलेपछि खेल रोमान्चक मोडमा पुग्यो । जितको लागि अन्तिम ओभरमा मुम्बईलाई १५ रनमा चाहिएको थियो । अकिंत राजपुतको पहिलो बलमै नो बलमा पोलार्डले छक्का प्रहार गरे । फ्रिहीट बलमा पोलार्डले चौका प्रहार गरे । दोस्रो बलमा पोलार्डलाई डेविड मिलरले बाउन्ड्री नजिकै क्याच लिएपछि खेल अझ रोमान्चक मोडमा पुग्यो ।
तेस्रो बल जोशेफ अल्जारीलाई डट गराए । चौथो बलमा एक रन दिए । पाँचौ ओभरमा १ रन दिए । अन्तिम ओभरमा जोशेफले २ रन लिएपछि मुम्बई विजयी भएको हो । जोशेफ १५ रनमा अविजित रहे । मुम्बईका लागि ओपनर क्विन्टन डी कक २४, सिद्धेश लाड १५,सुर्य कुमार यादव २१, हार्दिक पान्ड्या १९ र इशान किशन ७ रनमा आउट भए । पन्जावका लागि मोहम्मद सामीले ३,रविचन्द्र आश्विन,साम कुरन र अंकित राजपुतलले समान १ विकेट लिए ।
त्यसअघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो ।जितसँगै मुम्बई तालिकाको तेस्रो तथा पराजित पञ्जाब चौथो स्थानमा छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५