काठमाडाैं : हावाहुरीका कारण क्षतिग्रस्त बाराको फेटा गाउँपालिका स्थित पुरैनियाको मुस्लिम बस्तीमा सामाजिक सञ्जाल फेसबुक मार्फत संकलित रकमबाट सामग्री वितरण गरिएको छ ।
सामाजिक अभियानता हुसेन जि,कबिराज बानियाँ ,हिमाल उपाध्याय (अछाम) तथा ज्वाला संग्रौला (जापान) द्वारा फेसबुक मार्फत संकलित तीन लाख पचासहजार रकमको सामग्री वितरण गरिएको हो ।
दुई दिने स्थल्गत अध्यान पश्चात वास्तविक पीडितको हातमा सोझै पुग्ने गरी वितरण गरेकाे बताइएकाे छ । ५० थान ग्यास तथा चुल्हो सेट , ५० सेट भाँडाकुँडा सेट (भाडा कराइ,डाडु,पन्यु,थाली दुई वटा ,प्लेट दुई वटा,चुलेसी ) क्लिन सेट ९१ वटा साबुन धुने नुहाउने,सरफ,ब्रुस ४,कोलगेट एक सेनेटरी प्याड एक प्याकेट ,स्टेशनरी सामाग्रीहरु पचास जनाका लागि २-२ वटा कापी ५ -५ वटा कलम ९ महिलाहरुका लागि ५० थान साडी पुरुषको लागि ५० थान धोती सोही परिणाममा बच्चाहरुका लागि कपडा तथा सर्वोत्तम पिठोको प्याकेट, चाउचाउ ,चिउरा वितरण गरिएकाे सामाजिक अभियान्ताले जानकारी दिए ।
मृतकका परिवारको निम्ती नगद प्रती मृतक रु दुई हजारका दरले १० जनालाई र एउटी अपांग महिलालाई दुई हजार रुपैया नगद समेत वितरण गरिएकाे जनाइएकाे छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५