काठमाडौं : युरोपकै सबैभन्दा माथिल्लो स्तरको क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी टोटनह्यामसँग स्तब्ध बनेको छ ।
क्वाटरफाइनलको पहिलो लेगेको खेलमा सिटीलाई टोटनह्यामले आफ्नै मैदानमा हराएको हो । उसको जितमा दक्षिण कोरियाली खेलाडी ह्युङ मिन सनले निर्णायक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ७८ औं मिनेटमा मिनले गोल गर्दै सनले टोटनह्यामलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा नै पाएको पेनाल्टीमा सिटीका स्ट्राइकर सर्जियो अग्वेरो गोल गर्न चुकेका थिए ।
गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–० ले पराजित गरेको छ ।
आफ्नै मैदानमा लिभरपुललाई जिताउन नवी केइटा र रोबेर्टो फिर्मिन्होले एक एक गोल गरे । खेलको पाँचौ मिनेटमा नै केइटाले गोल गर्दै १–० को अग्रता दिलाएका थिए भने २६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै अग्रता दोब्बर पारे । यो जितसँगै लिभरपुलको अर्को चरण प्रवेशको सम्भावना बलियो बनेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५