काठमाडौं । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेका चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा पुगेको हो ।
कोलकाताले दिएको १०९ रनको सामान्य चुनौती चेन्नईले १७.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
चेन्नईको जितमा फाफ् डु प्लेसिसले अविजित ४३ रन बनाए भने अम्बाती रायडुले २१ रन र शेन वाटसनले १७ रनको योगदान दिए । कोलकाताका कोलकताका सुनील नारिनले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकताका अग्रपंक्तिका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।
कोलकताका लागि आन्द्रे रसेलले ४४ बलमा अविजित ५० रन बनाउँदै पारी उकास्ने कोशिस गरे । चेन्नईका दीपक चाहरले तीन, हरभजन सिंह र इमरान ताहिरले समान २–२ विकेट लिए ।
यो जितपछि चेन्नई ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने कोलकाता समान खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५