काठमाडौं : प्रथम मेयर कप सिन क्योकोसन कराते प्रतियोगितामा श्रवण प्रजाले स्वर्ण जितेका छन् ।
दक्षिणकाली नगरपालिका चाल्नाखेलमा भएको प्रतियोगिताको पुरुष ४५ केजी तौल समूहमा प्रजाले स्वर्ण जितेका हुन् । यो तौल समूहमा निरुतम प्रजाले रजत र निकेश स्याङताङले कांस्य जिते ।
नेपाल सिन क्योकोसिन कराते डो संघ चाल्नाखेलको आयोजनामा भएको प्रतियोगिताको ५० केजीमा जुगलीकुमार दास, सागर यादव र मिलन घिमिरे पहिलो, दोस्रो र तेस्रो भए ।
पुरुषकै ५५ केजीमा दिसान तामाङ पहिलो हुँदा मीनबहादुर मगर र निरोज श्रेष्ठ दोस्रो र तेस्रो भए । पुरुषको खुला तौल समूहमा विष्णुबहादुर सार्कीले स्वर्ण जिते ।
यस्तै प्रविण गुरुङले रजत र राजु महर्जनले कास्यमा चित्त बुझाए । महिला ५० केजीमा मीरा गुरुङ पहिलो, गोमा तामाङ दोस्रो र पूजा कुमारी तेस्रो भए । महिलाकै खुला तौल समूहमा सारिका घोन्ताङले स्वर्ण, राज कुमारीले रजत र सविना चालिसेले कांस्य पदक जिते ।
प्रतियोगितामा स्वयम्भू डोजो टिम च्याम्पियन बन्यो । यस्तै आयोजक चाल्नाखेल डोजो दोस्रो र वीरगन्ज डोजो तेस्रो भयो ।
विजेतालाई प्रदेशसभा सदस्य पुकार महर्जन, जापानका जेबी सुजुतो, नेपाल सिन क्योकोसिन कराते संघका ब्रान्च चिफ सूर्य बुढाथोकी र आयोजक डोजोका प्रमुख विनोद गुरुङले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको पहिलो दिन भने उपत्यकाव्यापी च्याम्पियनसिप आयोजना भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५