१५, २०१९ का दिन न्युजिल्यान्डमा भएको आतंकवादी हमला भयानक थियो । न्युजिल्यान्डको इतिहासमै यति बर्बर घटना भएको थिएन । ब्रेन्टन ट्यारेन्ट नामक अस्ट्रेलियन मूलका ‘इस्लाम विरोधी’ आतंकवादीद्वारा रचिएको घटनामा करिब ५० जनाको मृत्यु भयो । र, ५० जनाभन्दा बढी घाइते भए ।
क्राइस्ट चर्चको यो घटनाले संसार स्तब्ध भयो । प्रायः शान्त र धर्म सहिष्णुताको उदाहरण बनेको न्युजिल्यान्ड अशान्त र भयभित हुन पुग्यो । इस्लाम विरोधी घटनाहरू संसारभर बढिरहेका बेला यसले थप वातावरण बिगार्यो । तर अरू आतंकवादी हमलाभन्दा यो हमला यसकारण पनि बढी चर्चामा रह्यो कि यो काण्ड फेसबुकमा लाइभ गरिएको थियो ।
सन् २०१७ । सिकागोमा एक मानसिक रूपमा सुस्त युवकलाई चार जना कालो वर्णका पुरुषहरूले मानसिक र शारीरिक यातना दिएको भिडियो फेसबुकबाट प्रत्यक्ष प्रसारण गरे । ती चार पुरुषलाई प्रहरीले गिरफतार गर्यो । उनीहरू दोषी सावित पनि भए ।
फेसबुकले लाइभ अप्सन २०१६ मा थपेको थियो । तर सन् २०१७ देखि मात्र प्रयोगकर्ताको पहुँचमा आयो । फेसबुक लाइभ सुरु हुनासाथ एकदमै चर्चित भयो । आफ्ना सामान्यभन्दा सामान्य दैनिकी पनि मानिसले प्रत्यक्ष प्रसारण गर्न थाले । प्रत्यक्ष प्रसारण एकदमै महँगो र आम मानिसको पहुँचभन्दा धेरै टाढा भएको प्रविधि बुझिएको संसारमा फेसबुक लाइभले तरंग ल्यायो । अहिले फेसबुक लाइभको ‘क्रेज’ बिस्तारै घट्दै गए पनि यो एकदम काम लाग्ने प्रविधि बनेको छ । तर बेलाबेलामा यसले कडा आलोचना खेप्नुपरेको छ । सोसल मिडियाको दुरूपयोगले यसको प्रमुख कारण हो । फेसबुकजस्तै फेसबुक लाइभ पनि विभिन्न अपराधको साक्षी बनेको छ ।
२१ जनवरी २०१७ मा स्विडेनको उपशालामा एउटा समूहले सामूहिक बलात्कार प्रत्यक्ष प्रसारण गर्यो । एक समूहले अचेत महिलामाथि बलात्कार गरिरहेको भिडियो लाइभ देखेपछि केही फेसबुक प्रयोगकर्ताले प्रहरीलाई खबर गरे । प्रहरी उतिखेरै घटनास्थलमा पुगी अपराध रोक्न सफल भए । प्रहरीले दुई अफगानी नागरिकलाई यो काण्डमा समात्यो ।
सन २०१७ । सिकागोमा एक मानसिक रूपमा सुस्त युवकलाई चार जना कालो वर्णका पुरुषहरूले मानसिक र शारीरिक यातना दिएको भिडियो फेसबुकबाट प्रत्यक्ष प्रसारण गरे । ती चार पुरुषलाई प्रहरीले गिरफतार गर्यो । उनीहरू दोषी सावित पनि भए ।
अप्रिल १७, सन २०१७ । ७४ वर्षीय रोबर्ट गुडविन बाटोको छेउमा हिँडिरहेका बेला स्टिभ स्टिभन्सले गोली हानी हत्या गरे । स्टिभले उक्त कार्य फेसबकुमा समेत पोस्ट गरे । उनको व्यापक खोजी भयो । दुई दिनसम्म पुलिसले खोजी गर्यो । तर पक्राउ पर्नुअघि उनले आत्महत्या गरे ।
सन २०१६ मा जर्जियाकी एक १२ वर्षीया युवतीले फेसबुकमा प्रत्यक्ष प्रसारण गरेर आत्महत्या गरिन् । आफ्नै आफन्तद्वारा शारीरिक यातना पाएपछि आत्महत्या गर्न लागेको कुरा उक्त लाइभपछि खुल्न आयो ।
यी फेसबुक लाइभको दुरूपयोगका केही उदाहरण मात्र हुन् । प्रविधिले जीवन सरल बनाए पनि यसका नकारात्मक पक्ष धेरै छन् । न्युजिल्यान्डको आतंकवादी हमलाले प्रविधि दुरूपयोगको चरमत्कोर्ष नाघ्यो । ब्रेन्टन ट्यारेन्टले आफ्नो फेसबुक खाता प्रयोग गरी प्रत्यक्ष प्रसारण गरे । गाडी चलाइरहेकोदेखि हतियार मिलाउनुसम्म र क्राइस्ट चर्चको अल नुर मस्जिदभित्र छिरेर ५० जनाको हत्या र अरू थुप्रैलाई घाइते बनाउनुसम्म– यी सबै प्रत्यक्ष प्रसारण भयो फेसबुकमा, १७ मिनेटसम्म ।
यस्तो भयानक र अमानीवय क्रियाकलाप प्रत्यक्ष प्रसारण हुनु आफैँमा दुःखद् घटना थियो । उक्त भिडियो युट्युबदेखि इन्स्टाग्राम सबैतिर फैलियो । मानिसहरू चाही–नचाही उक्त भिडियो हेर्न बाध्य भए । उक्त भिडियोले भय सिर्जना गर्यो । मान्छेको पाशविक प्रवृत्तिको नमुना थियो त्यो । फेसबुकले उक्त भिडियो हटाउन समय लगायो । फेसबुक आलोचित भयो । यस्तो बर्बर घटना प्रसारण हुँदासम्म पनि फेसबुकको नियन्त्रण र पकड नदेखिनुमा फेसबुकको लाचारी प्रष्ट देखियो ।
हुन त फेसबुकले हातमाथि हात राखेर बसेको त छैन । पाइरेसी, पोर्न र नक्कली खाताहरूमाथि फेसबुकले गरेको धरपडक तारिफयोग्य छ । फेसबुकले लाखौँ खाताहरू यस्तै कारणले बन्द गरिदिएको छ ।
प्रविधि र सोसल मिडियाको दुरूपयोग त छँदै छ तर यो घटनाले के पनि देखायो भने ‘प्रत्यक्ष प्रसारण’ जस्तो गम्भीर प्रकृतिको पाटोमा समेत फेसबुकको नियन्त्रण रहेनछ । घृणा र आपसी सद्भाव बिगार्ने पोस्ट, एकाउन्ट र पेजहरूमाथि फेसबुकको निगरानी फितलो देखियो । यदि सुरुदेखि नै यस्ता एकाउन्ट र पेजहरूमाथि निगरानी हुन्थ्यो त क्राइष्ट चर्चको ‘फेसबुक लाइभ’ हुन्नथ्यो ।
हुन त फेसबुकले हातमाथि हात राखेर बसेको त छैन । पाइरेसी, पोर्न र नक्कली खाताहरूमाथि फेसबुकले गरेको धरपडक तारिफयोग्य छ । फेसबुकले लाखौँ खाताहरू यस्तै कारणले बन्द गरिदिएको छ । तर आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुतामाथि दख्खल पुग्ने पोस्टहरूमा फेसबुक मौन देखिन्छ । वा भनौं प्रयास पर्याप्त देखिएको छैन । फेसबुकका ‘कन्टेन्ट’ हरू मूल्यांकन गर्ने, जाँच्ने र पास गर्ने काम कम्प्युटरले गर्ने गर्छ ।
अहिले तीव्र गतिमा विकास भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अथवा ‘एआई’ ले फेसबुकका गतिविधि नियाल्ने गर्छ । र शंकास्पद गतिविधि फेसबुकका कर्मचारीहरूकहाँ पुर्याउँछ । अनि बल्ल हटाउने, राख्ने वा चेतावनी दिने निर्णय हुन्छ । योबाहेक फेसबुक प्रयोगकर्ताहरूले गरेको गुनासो वा टिपाएको उजुरीका आधारमा पनि फेसबुकले कदम चाल्छ ।
न्युजिल्यान्डको घटनामा प्रत्यक्ष प्रसारण हेरेका करिब दुई सय जनामध्ये कसैले पनि प्रहरी या फेसबुककहाँ उजुरी पुर्याएन । त्यसै कारणले पनि यो भिडियो हट्न समय लाग्यो । हुन त न्युजिल्यान्ड प्रहरीले खबर गरेको दुई मिनेटभित्रै उक्त भिडियो हटाइएको थियो । तर त्यतिबेलासम्म भिडियो चारैतिर फैलिसकेको थियो । संसारभरि चौतर्फी आलोचना भएपछि फेसबुकका सेरिल स्यान्डबर्गले वक्तव्य जारी गरी फेसबुक लाइभमा कडाइ गर्ने प्रतिबद्धता गरे, ‘अब कुनै पनि फेसबुक खाताले लाइभ गर्न पाउने/नपाउने कुराको निर्णय फेसबुकले गर्ने छ ।’
संसारभरि चौतर्फी आलोचना भएपछि फेसबुकका सेरिल स्यान्डबर्गले वक्तव्य जारी गरी फेसबुक लाइभमा कडाइ गर्ने प्रतिबद्धता गरे, ‘अब कुनै पनि फेसबुक खाताले लाइभ गर्न पाउने÷नपाउने कुराको निर्णय फेसबुकले गर्ने छ ।’
हुन त मानिसले आफूभित्र भएको घृणा कुनै न कुनै रूपमा या माध्यमबाट व्यक्त गरिहाल्छ । तर पनि सोसल मिडियाको सहयोगले घृणा तीव्र गतिमा फैलिरहेको छ । फेसबुक र ट्वीटरमा यो बदलिँदो परिवर्तनको झलक देख्न पाइन्छ । मानिसभित्र रहेको कुण्ठा, घृणा र रिस पोख्ने माध्यम बनिरहेको छ सामाजिक सञ्जाल । जुन अवश्य पनि राम्रो कुरा होइन ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५