काठमाडौं : कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबारराति भएको खेलमा सुनिल नारेनको अलराउन्डर प्रदर्शन तथा क्रिस लिनको विस्फोटक ब्याटिङको मद्दतमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो ।
आईपीएलमा चौथो जित निकालेको कोलकाता ८ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
पहिले ब्ययाटिङ गरेको राजस्थानले दिएको १४० रनको लक्ष्य कोलकाताले १३ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो ।
आइपीएलकै अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर लगातार छैंठौ खेलमा पराजित भएको छ । यो पराजयसँगै उसको प्लेअफमा पुग्ने सम्भावना पनि कठिन बनेको छ ।
आइतबार भएको खेलमा बैंग्लो दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भयो । बैंग्लोर अंकबिहीन रहँदै तालिकाको अन्तिममा छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५