इन्डियन प्रिमियर लिगमा नेपाली स्पिनर सन्दीप लामिछानेले रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध एक विकेट लिएका छन् । उनले ४ ओभरमा ४६ रन खर्चिदा १ विकेट हात पारेका हुन् । सन्दीपले विकेटका रुपमा इंग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई आउट गरेका हुन् ।
सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । व्यक्तिगत पहिलो ओभरमा १० रन खर्चिए ।
त्यसपछि सन्दिपले टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभरमा ६ रन दिए । निकै कन्ट्रोल बलिङ गरेका उनले सबै बलमा एक एक रन मात्र खर्चिए ।
१५ ओभरको तेस्रो ओभरको बलिङ गरेकाे ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले ११ रन दिएर विकेट लिन सफल भए । उनले तेस्रो बलमा विकेटकीपर ऋषव पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए ।
त्यसपछि उनले आफ्नो अन्तिम ओभरमा सन्दिप महंगो सावित भए । उनले सो ओभरमा १९ रन खर्चेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५