‘जुन दिन मेरो छोराको हत्या भयो, त्यो दिन बिहान साथीसँग कसैले मेरो गर्दन काट्ला जस्तो लागेको बताएको थियो । जब मलाई अहिले पनि यो कुराको याद आउँछ, तब मेरो मुटु चुँडिएजस्तो हुन्छ । त्यो दिन आक्रमणकारी लामालामा तरबार लिएर आएका थिए । हामीले ज्यान बचाएर घरबाट भाग्ने कोसिस गर्यौँ तर सेलिस्टिनलले आफ्नो तरबारले मेरा दुई बच्चालाई काटे ।’
यो भनाइ रुवान्डामा तुत्सी र हुतु समुदायबीच भएको भयानक नरसंहारबाट बाँचेकी एक आमा ऐन–मेरी उभिमानाको हो ।
उनका दुई छोरा मार्ने सेलिस्टिन अरू कोही नभएर उनकै छिमेकी थिए । सेलिस्टिन जस्तै हुतु सुमदायका तमाम मानिसहरू ७ अप्रिल १९९४ देखि १०० दिनसम्म तुत्सी समुदायसँग सम्बन्धित छिमेकीदेखि आफ्नै पत्नी र नातेदारको हत्या गर्न उत्रिए । यो नरसंहारमा करिब ८ लाखको मृत्यु भयो । तुत्सी समुदायका तमाम महिलाहरूलाई यौनदासी बनाएर राखियो ।
यसरी सुरु भयो नरसंहार
यो नरसंहारमा हुतु जनजातिसँग जोडिएको चरमपन्थीले अल्पसंख्यक तुत्सी समुदायका मानिस र आफ्ना राजनीतिक विरोधीलाई निशाना बनाए । रुवान्डाको कूल जनसंख्याको ८५ प्रतिशत हुतु समुदायका छन् । तर लामो समयदेखि तुत्सी अल्पसंख्यको दबदबा कायम थियो त्यहाँ । सन् १९५९ मा हुतुले तुत्सी राजतन्त्रको अन्त्य गरे ।
यसपछि हजारौँ तुत्सी जातिका मानिसहरू आफ्नो ज्यान बचाएर युगान्डादेखि अन्य छिमेकी मुलुक पलायन भए । यसपछि निष्कासित तुत्सी समूहले विद्रोही संगठन रुवान्डा प्याट्रिएक फ्रन्ट (आरपीएफ) बनाए ।
यो संगठन सन् १९९० को दशकमा रुवान्डा यो र संघर्ष सुरु भयो । यो लडाइँ सन् १९९३ मा शान्ति सम्झौता भएसँगै अन्त्य भयो तर ६ अप्रिल १९९४ को रात तात्कालीन राष्ट्रपति जुभेनल हाबयारिमाना र बुरुन्डीका राष्ट्रपति केपरियल नतारयामिरालाई लिएर गइरहेको विमानलाई किगाली रुवान्डामा खसाइयो, जसमा सवार सबैको मृत्यु भयो । कसले जहाज खसाएको थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।
.jpg)
कतिपयले यस घटनाका लागि हुतु चरमपन्थीलाई जिम्मेवार ठहर्याइरहेका छन् भने केही मानिस रुवान्डा प्याट्रिएक फ्रन्ट (आरपीएफ)लाई जिम्मेवार मान्छन् । तर यी दुवै नेता हुतु जनजातिका भएकाले उनीहरूको हत्याका लागि हुतु चरमपन्थीले आरपीएफलाई जिम्मेवार भएको आरोप लगायो । त्यसलगत्तै हत्या हिंसा सुरु भयो ।
आरपीएफले आमनरसंहारको बहाना बनाउन हुतु चरमपन्थीले नै झारेको आरोप लगायो ।
यो नरसंहारअघि अत्यन्तै सावधानीपूर्वक पूर्वचरमपन्थीलाई सरकारको आलोचना गर्नेको नामको सूची दिइयो । यसपछि यो सूचीमा सामेल मानिस र उनको परिवारलाई समेत मार्न सुरु गरे ।
हुतु समुदायका मानिसले तुत्सी समुदायका छिमेकीको पनि हत्या गरे । यति मात्रै होइन, केही हुतु युवकले आफ्नै पत्नीको पनि हत्या गरे । त्यसबेला सबै मानिसको परिचयपत्रमा कुन जनजातिको हो भन्ने उल्लेख थियो । यसकारण लडाकुले सडकमा नाकाबन्दी गरे र छानीछानी तुत्सीलाई धारिलो हतियारले हत्या गरे भने हजारौँ तुत्सी महिलालाई अपहरण गरी यौन दासी बनाएर राखियो ।
.jpg)
रुवान्डामा जिल्लादेखि सरकारसम्म अत्यन्तै नियन्त्रित समाज थियो । लडाकु समूहमा बदलिएको त्यसबेलाको पार्टी एमआरएनडीको युवा संगठन इन्तेराहाम्बेले यी हत्याको जिम्मेवारी लियो । स्थानीय समूहले हतियार र विरोधीको सूचीका कारण उनीहरूलाई विपक्षी कहाँ छन् भन्ने जानकारी थियो ।
हुतुले सुरु गरेको एउटा रेडियो स्टेशनले नै प्रोपोगान्डा फैलाउँथ्यो । त्यसले नै तुत्सी समुदायमाथिको आमनरसंहारलाई उक्साउँथ्यो । जसको हत्या गर्नु थियो, त्यसको नाम रेडियोबाटै प्रसारण हुन्थ्यो । चर्चमा शरण माग्न गएका पादरीलाई समेत हत्या गरियो ।
१०० दिनमा करिब ८ लाख तुत्सी र उदारवादी हुतु समुदायका मानिसहरू यो नरसंहारको सिकार भए ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५