समय फेरियो, मानिसको सोच फेरियो । समाजको स्वरूप फेरियो । सबैकुरा फेरिएपछि उनको पनि दिनचर्या त फेरिने नै भयो, फेरियो ।
आमाबुबाको काखमा लडिबुडी गर्दै रमाउने बेलामा एकातिर खानलाउनको संघर्ष त अर्कातिर समाजको तिरस्कार !
आजभन्दा १२ वर्षअघि साथीभाइ अनि आमाबुवासँग खेल्दै रमाउँदै गरेका मिलन खड्काको जीवनमा ठूलो बज्रपात आइपर्यो ।
नौ वर्षको कलिलो उमेरमा आमा अनि एक वर्षपछि बुबा सदाका लागि यस धर्तीबाट बिदा भए, उनलाई टुहुरो बनाएर । एकपटक कल्पना गरौं त त्यो परिस्थितिको ! तर त्यही कष्टकर परिस्थितिको सामना गर्दै अघि बढे पाल्पा मुझुङका मिलन खड्का ।
कथा यतिमै सीमित छैन । त्यस घटनापछि उत्पन्न परिस्थितिले त झन् उनको जीवनले अर्कै मोड लियो । उनका बाबुआमाको निधनको कारण गाउँघरमा सुनिन थाल्यो, ‘एचआईभी एड्स !’ कोही गाउँलेले भने कि– उनका बुबाले अन्तिम समयमा मलाई एचआईभी भएको छ भनेका थिए ।
नौ वर्षको कलिलो उमेरमा आमा अनि एक वर्षपछि बुबा सदाका लागि यस धर्तीबाट बिदा भए, उनलाई टुहुरो बनाएर । एकपटक कल्पना गरौं त त्यो परिस्थितिको ! तर त्यही कष्टकर परिस्थितिको सामना गर्दै अघि बढे पाल्पा मुझुङका मिलन खड्का ।
हल्ला चल्यो, त्यतै हरायो । उनी सानै थिए, वास्ता गर्न सक्ने थिएनन्, गरेनन् । एक वर्षपछि उनी बिरामी परे । शरीरैभरि खटिरा आयो । रोग पहिल्याउन रगत परीक्षण गरियो । ब्याडलक ! उनलाई एचआईभीको संक्रमण देखियो । उनलाई त गर्भमै एचआईभी भएको पत्ता लाग्यो ।
कहिलेकाहीं रेडियोले भन्थ्यो, एचआईभी प्राणघातक रोग हो भनेर । यही कुरा सुनेका मात्र थिए खड्काले । जब त्यही प्राणघातक रोले आफैँलाई गाँजेको थाहा पाउँदा त्यो बालमस्तिष्कमा के भयो होला ? कल्पनासम्मले पनि आङ जिरिंग बनाउँछ । उनले आफैँलाई सम्हाल्न सजिलो कहाँ थियो र ? उनले २१ दिन काठमाडौंको टेकु अस्पतालमा बिताए । त्यतिबेलासम्म गाउँमा हल्ला फैलिइसकेको थियो, ‘मिलनलाई पनि एचआईभी लाग्यो रे’ ।
‘समाज अहिलेजस्तो कहाँ खुलेको थियो र ? एचआईभी संक्रमित भन्नेबित्तिकै घृणाको नजरले हेरिन्थ्यो’, उनी पोखिए, ‘मैले पनि आफ्नै परिवार, समाज, साथीभाइबाटै घृणा पाएँं ।’ यतिसम्मकि आफ्नै हजुरबुबा, हजुरआमाले उनलाई हेयको भावले हेर्थे । भन्छन्, ‘उनहरूसँग त चेतनाको कमी थियो ।’
मिलन स्कुल त जान्थे । तर पढ्नै मन नलाग्ने । साथीहरू खेलिरहेका हुन्थे, उनलाई खेल्नै मन नलाग्ने । धेरै साथी उनीसँग बस्न, खेल्न चाहँदैनथे ।
उनी पोखिए, ‘मैले पनि आफ्नै परिवार, समाज, साथीभाइबाटै घृणा पाएँं ।’ यतिसम्मकि आफ्नै हजुरबुबा, हजुरआमाले उनलाई हेयको भावले हेर्थे । भन्छन्, ‘उनहरूसँग त चेतनाको कमी थियो ।’
उनी केवल टोलाइरहन्थे । एकान्तमा रोइरहन्थे । तर रोएर के गर्नु ? जे पाए, त्यसैलाई स्वीकार्दै तिरस्कार र घृणासँग जुझ्दै अघि बढ्नुको विकल्प पनि त थिएन ।
स्कुलकै सहयोगमा १२ कक्षासम्म निःशुल्क पढे उनले । त्यही अन्तरालमा एचआईभीसँग सम्बन्धित संस्थामार्फत सक्रियरूपमा समाजसेवामा होमिए । त्यहाँबाट केही पैसा पनि कमाउन थाले । जसोतसो जीवन अघि बढ्यो ।
समाज आफूसँग नखुले पनि उनी भने समाजसँग नजिकिन थाले । उनले चार वर्षअघि एचआईभी एड्स दिवसको अवसरमा आयोजित प्रतियोगितामा गीत सुनाउने अवसर पाए । गीतले कार्यक्रममा उपस्थित धेरैको मन छोयो । त्यत्तिकैमा उनको प्रशंसा गर्दै एक जनाले गीत रेकर्ड गर्ने सुझाव दिए । त्यो बेला इन्द्रेणी समाज केन्द्रमा कार्यरत शमशेर सारु, नेपाल परिवार नियोजन संघ लगायतको सहयोगमा उनले गीत रेकर्ड गरेर भिडियो पनि बनाए । त्यसपछि उनको गीतसंगीत मोह बढ्न थाल्यो । उनले हालसम्म लगभग एक दर्जन गीत सार्वजनिक गरेका छन् ।
उनी हाल एचआईभी एड्सको क्षेत्रमा काम गर्ने संस्था ‘प्रतिबद्ध सहयोग समूह’ मा कार्यरत छन् । नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा पनि आबद्ध छन् । सदरमुकाम तानसेनमा बसेर उनी यी दुई संस्थाबाट गाउँगाउँमा सचेतनाका लागि हिँड्छन् ।
त्यसबाहेक सांगीतिक कार्यक्रममा पनि मिलनलाई निमन्त्रणा आउने गरेको छ । ‘कतिपय कुरा मुखले बोलेर मात्र भन्दा गीतमार्फत् बढी प्रभावकारी हुन्छ । त्यसैले कार्यक्रममा गीतमार्फत् पनि चेतना दिँदै आएको छु’, उनले भने ।
उनी हाल एचआईभी एड्सको क्षेत्रमा काम गर्ने संस्था ‘प्रतिबद्ध सहयोग समूह’ मा कार्यरत छन् । नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा पनि आबद्ध छन् । सदरमुकाम तानसेनमा बसेर उनी यी दुई संस्थाबाट गाउँगाउँमा सचेतनाका लागि हिँड्छन् ।
अहिले समय फेरिएकोे छ । पहिले हेलाको भावले हेर्नेहरू अहिले नजिक भएका छन् । एचआईभीको औषधि नियमित सेवन गर्छन् खड्का । आउँदा दिनमा पनि जीवनभर औषधि सेवन गरिरहनुपर्छ । डाक्टरको सल्लाह छ, सकेसम्म रमाइलोमा हिँड्नू । आफूलाई खुसी बनाउनू ।
२२ वर्षीय मिलन भन्छन्, ‘अजम्बरी को छ र संसारमा ? सबैले एकदिन मर्नु नै पर्छ । चिन्ता लिएर के गर्नु ? म सकारात्मक सोच लिँदै जीवनलाई ऊर्जाशील बनाएर खुसीसाथ बिताउन चाहन्छु ।’ आफूजस्तै अरूले पनि संक्रमित हुनु नपरोस् भन्ने कामना गर्दै उनी भन्छन्, ‘मेरो जस्तै दुःख अरूले नपाऊन् भनेर आगामी जीवन सचेतनामा बिताउने छु ।’
गीतसंगीतले आफूलाई साथीभाइ साथै खुसी हुने बाटो दिएको बताउने उनी विभिन्न मेला महोत्सव पुगिरहेकै हुन्छन् ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५