माल्दिभ्स्मा आज शनिबार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि आज पहिलो पटक निर्वाचन भएको हो । यस निर्वाचनमा पूर्व राष्ट्रपति मोहमद नशिद सवै भन्दा उच्च ओहदाका उम्मेदवार हुन् ।
आजको निर्वाचनबाट पिपल्स मज्लिस भनिने संसदका लागि ८७ जना निर्वाचित हुनेछन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा थिए । अहिले भने उनी स्वदेश फर्किएका छन् ।
सोलिहले आइतबारको निर्वाचनबाट आफ्नाे पार्टी माल्दिभीयन डेमोक्र्याटीक पार्टी (एमडीपी) अत्यधिक मतका साथ विजयी हुने दाबी गरे । मैले जोड दिएर भन्न चाहन्छु की, नयाँ संसदमा पनि हाम्रो उपस्थिति सशक्त हुनेछ, त्यो संसदले आफ्नो निती र कामहरुलाई पूर्ण समर्थन गर्ने अपेक्षा गरिएको छ, बिहीबार राती आयोजित चुनावी सभामा सोलिहले भनेका थिए।
नयाँ संसदमा नशिदको नै सवै भन्दा मुख्य भूमिका हुने अनुमान गरिएको छ । पूर्वराष्ट्रपति यमिन शक्तिमा भएका बेला नशिदलाई विवादास्पद आतङ्कवाद सम्वन्धी मुद्धा लगाएर १३ वर्षे जेल सजाय सुनाइएको थियो । गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उहाँलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो ।
सेम्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालिन विपक्षी दलका नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । सोलिह निर्वाचित भएपछि राजनीतिक बन्दीहरूलाई तत्काल जेलमुक्त गराएका थिए । त्यही अनुसार नशिद जेलमुक्त भएका हुन् त्यो चुनावमा धाँधली भएको दाबी गर्दै तत्कालिन राष्ट्रपति यामिनले सुरुमा नतिजा अस्विकार गरेका थिए ।
तर अदालतले पनि निर्वाचनमा धाँधली नभएको फैसला गरेपछि उनी विपक्षी बन्न बाध्य हुनु भएको थियो । अहिलेको सलिह नेतृत्वको सरकारले यमिनलाई अनेक मुद्धा लगाएको छ । माल्दिभ्समा पछिल्लो समय एक अर्का प्रतिको प्रतिशोधको राजनीति चर्किदै गएकाले राजनीतिक स्थिरता कायम हुन सकेको छैन ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५