भारत: आफ्नो साइकलले किचेको चल्लालाई अस्पताल लैजाने बालकलाई विद्यालयले सम्मान गरेको छ । भारतको मिजोरम राज्यका ६ वर्षीय बालक डेरेकले आफूले साइकल चलाउँदै गर्दा साइकलले छिमेकीको चल्ला किचेपछि उक्त चल्लालाई नजिकैको अस्पताल पुर्याएका थिए ।
डेरेकले चल्लालाई लिएर सुरुमा आमा बुवासंग गएका थिए र पैसा मागे तर आमाबुवाले चल्ला मरेको बताए र पैसा दिएनन् । त्यसपछि उनले आफूसँग भएको १० रुपैयाँ र चल्ला लिएर चल्लाको उपचार गर्न अस्पताल गएका थिए । तर चल्ला भने मरि सकेको थियो । अस्पतालकी नर्ससंग उनले चल्लाको उपचार गरिदिन अनुरोध गरे । नर्स बच्चाको त्यो भनाइ सुनेर अचम्भित र भावुक बनिन् । त्यसपछि उनले बच्चाको तस्बिर लिइन् ।
सामाजिक संजालमा पोस्ट भएको उक्त तस्बिर सामाजिक संजालमा भाइरल भयो ।
बच्चाको उक्त सोंच र कामलाई उनले पढ्ने स्कुलले दोसल्ला ओढाएर र सम्मान प्रमाणपत्र दिएर उनको सम्मान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५