काठमाडौं : दोलखा जिल्लामा अवस्थित कालिञ्चोक भगवती मन्दिरले यतिबेला देशका प्रायः आन्तरिक पर्यटकको ध्यान खिँचेको पाइन्छ । कालिञ्चोक भगवती नेपालको तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो ।
.jpg)
दोलखा सदरमुकाम चरिकोटबाट करिब १८ किलोमिटर उत्तरमा पर्ने यो मन्दिर तीन हजार आठ सय ४२ मिटरको उचाइमा छ । कालिञ्चोक भगवतीसहित काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत सात भगवती दिदी बहिनी मानिन्छन् ।
.jpg)
कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिम शृंखला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न पाइने र हिउँमा रमाइलो गर्दै खेल्न पाइने भएकाले आन्तरिकसहित बाह्य पर्यटकको समेत ध्यान खिँच्दै गएको छ । खासगरी जनैपूर्णिमा, दसैं, चैते दसैं जस्ता चाडबाडमा भक्तजनको भीड लाग्ने भए पनि हाल भने हिउँ खेल्न र पाखैभरि फुलेको गुराँसको दृष्यावलोकनका लागि पर्यटक जाने गर्दछन् ।
.jpg)
चरिकोटदेखि करिब १७ किलोमीटर दूरीमा अवस्थित कुरी बजारसम्म कच्ची बाटो भएकाले जीप र मोटरसाइकल लिएर जान सकिन्छ । सुख्खा मौसममा भने कहिलेकाहीँ मिनीबस पनि जाने गर्छन् ।
.jpg)
कुरी बजारबाट करिब एक घण्टा पैदल उकालो हिँडेपछि कालिञ्चोक भगवती मन्दिर पुग्न सकिन्छ । हाल भने कुरीबाट कालिञ्चोकसम्म केबलकार सञ्चालित भएकाले उकालो हिँड्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ, पर्यटकलाई ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५