भारत : आईपीएलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावाद अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
१ सय ३० रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल बाँकी रहदा ५ विकेट गुमाउँदै पुरा ग¥यो । हैदरावादको जितमा ओपनर जोनी बेयरस्टोले २८ बलमा ४८ रन जाडे । विजय शंकर १६ तथा डेविड वार्नर, मनिष पान्डे र दिपक हुड्डाले समान १०÷१० रन जोडे । मोहम्मद नाबी १७ र युसुफ पठान ९ रनमा अविजित रहे ।
त्यस अघि टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाए । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ४३ रन बनाए ।ओपनर पृथ्वी शा ११ रनमा बोल्ड आउट भए । अर्का ओपनर शिखर धवन १२ रनमा क्याच आउट भए । १० औं ओभरको पहिलो बलमा नाबीले ऋषभ पन्तलाई ५ रनमा क्याच आउट गराएपछि दिल्ली दवावमा परेको थियो ।
दिल्लीको निरन्तर विकेट झरेसँगै रनको खडेरी पनि लाग्यो । कप्तान ऐरलाई १७ ओभरको पहिलो बलमा राशिद खानले बोल्ड आउट गरेपछि दिल्ली सस्तैमा समेटियो । दिल्लीका अन्य क्रिस मोरिस १७, कोलिन इनग्राम र राहुल तेवतिया समान ५,कागीसो रबाडा ३ रनमा आउट हुँदा अक्षर पेटल २३ रनमा अविजित रहे ।
यो सँगै हैदरावाद ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५