इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा फर्किएको छ । सिटीले घरेलु मैदानमा कार्डिफ सिटीमाथि २–० को जित निकाल्दै पुनः शीर्षस्थानमा फर्किएको हो । सिटीका केभिन डि ब्रुयन र लिरोए सानेले गोल गरे ।
एमेरिक लापोर्टाेको पासमा डि ब्रुयनले गोल गरेपछि सिटी खेलको छैटौ मिनेटमै अघि बढेको थियो । ४४औं मिनेटमा गाब्रियल जेससको पासमा लिरोए सानेले गोल गरेपछि सिटी पहिलो हाफमै २–० ले अघि बढेको थियो ।
जितसँगै सिटीले लिभरपुलसँग १ अंकको अग्रता बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५