मानिस विभिन्न व्यवसायमा संलग्न हुन्छन् । कसैले व्यापार व्यवसाय त कसैले नोकरी गर्ने गर्छन् । तर कुकुरले पनि व्यवसाय सञ्चालन गर्छ भन्दा तपाईले नपत्याउन सक्नुहुन्छ । तर यो सत्य कुरा हो ।
जापानमा तीन वर्षको कुकुर केन–कुन स्वीट पोटेटोको स्टल चलाइरहेको छ । यो स्टल होकाइदो द्विपमा रहेको छ । सामाजिक सञ्जालमा यसका तस्बीर भाइरल भइरहेका छन् ।
काउन्टरको पछि उभिएर स्टल म्यानेजर जस्तै गरी स्टल सम्हाल्छ यसले । पसलको बाहिर ग्राहकका लागि नियमहरू लेखेर राखिएको छ ।
स्टललाई सम्हाल्न कुनै झन्झट नहोस् भनेर जापानी भाषामा बोर्ड लगाइएको छ, जसमा ग्राहकले अवलम्बन गर्नुपर्ने नियम लेखिएको छ ।
१. ‘म कुकुर हुँ, त्यस कारण पैसा फिर्ता दिन सक्दिनँ, त्यसैले जति सामान लिएको हो, त्यति मात्रै पैसा दिनुहोला ।’
२. यहाँ आएका ग्राहकहरू आफूलाई मनपरेको स्वीट पोटेटो लिनेछन् र स्टलको एउटा डिब्बामा पैसा खसाल्नेछन् । ग्राहकले सामानको मूल्यभन्दा बढी पैसा दिएमा त्यसलाई केन–कुनका लागि ‘टिप्स’ दिएको ठानिन्छ ।
३. केन–कुन धेरै अनुशासित जीवन जिउँछ । यो दिनभर आफ्नो कामको जिम्मेवारी पूरा गर्छ र काम सकिएपछि साँझ आफ्नो मालिकका साथ शहरमा ‘नाइट वाक’ गर्छ ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५