मंगलबार राती सम्पन्न १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै आईपीएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । बेंगलोर भने लगातार चौथो खेलमा पराजित भएको छ ।
१ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १ बल अगाडी ३ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको सहज जितमा ओपनर बटलरले ४३ बलमा ५९ रनको योगदान दिए । त्यस्तै अजिंक्या रहणेले २२ रनको योगफल बनाए । स्टिभ स्मिथले ३१ बलमा ३८ रनको योगदान दिए । २३ बलको सामना गरेका राहुल त्रिपाठी ३४ रनमा अविजित रहे ।
त्यसअघि बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । ओपनर पार्थिव पटेलले ४१ बलमा ६७ रन जोडे । विराट कोहलीले २५ २३ बनाए । एबी डि भिलियर्स १३ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३१ र मोइन अलीले १८ रनमा नट आउट रहे । स्टोइनिसले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा अलीले ९ बलमा २ चौका १ छक्का प्रहार गरे । अन्तिम ओभरमा अलीले जोफ्रा आर्चरलाई समान १ छक्का र चौका सथौ स्टोइनिसले अन्तिम बलमा चौका प्रहार गर्दै १७ रन बटुलेपछि सम्मानजक लक्ष्य सम्म पुग्न सफल भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५