सोलुखुम्बु : अब लुक्ला घुम्न जानेहरूका लागि रामेछापको मन्थली विमानस्थलबाट उडान सुरु गरिएको छ ।
काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मतका कारण प्रभावित हुने भएपछि सोमबारबाट विकल्पको रुपमा मन्थली विमानस्थल प्रयोग गरिएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्य अवधिभर रामेछापको मन्थली विमास्थलबाट लुक्लाको लागि उडान हुने नागरिक उड्ययन प्रधिकरणले जनाएको छ ।
खुम्बु आउने पर्यटकलाई काठमाडाैंबाट सडक मार्ग हुँदै रामेछाप ल्याउने र रामेछापबाट लुक्ला विमानस्थल ल्याउने कार्य सुरु भएको लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकरीले जानकारी दिए ।
सोमबार लुक्ला विमानस्थलमा ७२ विमान उडान तथा अवतरण भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५