काठमाडाैं : सगरमाथा आरोहणमा क्याम्प दुईसम्मको बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले आधार शिविरदेखि क्याम्प-२ सम्मको बाटो निर्माण सम्पन्न गरेको छ ।
क्याम्प दुईसम्मको बाटो बनाउने काम एसपीसीसीको रहेकाले समयमा नै बाटो निर्माणको काम सम्पन्न गरेको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पा बताए । उनका अनुसार गत वर्षको तुलना यस वर्ष एक हप्ताअघि नै सम्पन्न भएको हो ।
एसपीसीसीका उपाध्यक्ष शेर्पाका अनुसार आइसफल डाक्टर आङकामी शेर्पा, आङसार्की शेर्पा, ङिमा दोर्जी शेर्पा, मिङमाछिरी शेर्पा, याङडा शेर्पा, मिङमा तेम्बा शेर्पा, ङिमा ओङछु शेर्पा, दावा जाङवु शेर्पा गरी आठ जना तालिम प्राप्त आइसफल डक्टरहरूले बाटो निर्माण गरेका हुन् ।
उनीहरूलाई बाटो बनाएबापतको रकम एसपीसीसीले उपलब्ध गराउँछ । बाटो निर्माणको हिसाबले आधार शिविरदेखि क्याम्प दुईलाई सबैभन्दा जोखिम क्षेत्र मानिन्छ । यही क्षेत्रमा बर्सेनि आरोहीहरूले ज्यान गुमाउने गर्छन् । क्याम्प दुईदेखि माथिल्लो क्याम्प हुँदै शिखर जाने बाटो निर्माणको काम आरोही आफैले आइसफल डाक्टरको व्यवस्था गर्नुपर्ने हुन्छ ।
बाटो निर्माणको हिसाबले आधार शिविरदेखि क्याम्प दुईलाई सबैभन्दा जोखिम क्षेत्र मानिन्छ । यही क्षेत्रमा बर्सेनि आरोहीहरूले ज्यान गुमाउने गर्छन् । क्याम्प दुईदेखि माथिल्लो क्याम्प हुँदै शिखर जाने बाटो निर्माणको काम आरोही आफैले आइसफल डाक्टरको व्यवस्था गर्नुपर्ने हुन्छ ।
यस वर्ष गत वर्षको तुलनामा बाटो निर्माणमा थप चुनौती भएको आइसफल डाक्टरहरू बताउँछन् । गत वर्षभन्दा बढी मौसम प्रतिकुल भइदिँदा बाटो निर्माणमा चुनौती भएको आइसफल डाक्टर आङकामी शेर्पाले बताए । शुक्रबार समेत हिमपात भएकोे आइसफल डाक्टर शेर्पाले बताए ।
एसपीसीसीका आइसफल डाक्टरका अनुसार यस वर्ष धेरै खार्पास भेटिएको छ । विगत वर्षको तुलना आधार दर्जनभन्दा बढी खार्पास भेटिएको छ । बढी खार्पास भेटिएसँगै बाटो बनाउन बढी समय र जनशक्ति लागेको छ । साथै बढी सामग्री पनि प्रयोग गरिएको छ । यस वर्ष आधा दर्जन खार्पासका लागि आल्मुनियम भ¥याङ र डोरी बढी प्रयोग भएको छ ।
सगरमाथाको आधार शिविर अहिले पर्यटक र आरोहीले खचाखच भरिएको छ । अरू बेला सुनसान बन्ने सगरमाथा शिविरमा अहिले सगरमाथा, नुप्चे र ल्होत्से गरी तीन वटा हिमाल चढ्ने आरोहीका कारण भिडभाड हुन थालेको हो ।
सगरमाथा आरोहण गर्ने लाखौँको सपना हुन्छ । सगरमाथा आरोहणका लागि अहिलेको ‘स्प्रिङ सिजन’ सबैभन्दा उपयुक्त मानिन्छ । सिजन सुरु भएसँगै बर्सेनि सयौँ आरोहीहरूले सगरमाथा आरोहण गर्ने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५