जलालाबाद : अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगिआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहविरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकु मारिएका छन् ।
कारबाहीको क्रममा अन्य १० लाडाकु घाइते भएको प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोगिआनीले सोमबार जानकारी दिए ।
खोगिआनी जिल्लाको जेरोताङ्गी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीको क्रममा अरू कैयौँ घरहरू ध्वस्त भएको बताइएको छ ।
आइएस लडाकु लक्षित यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै हानि नभएको अधिकारीहरूले दाबी गरेका छन् ।
आइएस लडाकु लक्षित आतङ्ककारी समूहले भने यस कारबाहीका बारेमा कुनै टिप्पणी गरेका छैनन् ।