इजरायल : स्तन क्यान्सरबाट पीडित झापाकी राधिका न्यौपानेको उपचार्थ सहयोगको अपिल गरिएको छ । इजरायलको किन्नरेट कलेजमा अध्यायनरत न्यौपानेलाई अघिल्लो हप्ता मात्रै क्यान्सर भएको पत्ता लागेको थियो ।
साना किसान बैंकको एक वर्षे कृषि प्रक्षिक्षणका लागि इजरायल पुगेकी राधिकालाई आइतबार मात्रै नेपाल फर्काइएको हो । ‘अचानक आएको यस्तो बज्रपातलाई हामी सबैले सहयोग गर्नु पर्छ’, सहयोग संकलनका अभियान्ता झलेन्द्र भट्टराईले भने, ‘तत्काल २० लाख रुपैयाँ आवश्यक छ ।’ साना किसान बैंकका डिपुटि सिइओ समेत रहेका उनले यस्तो अवस्थामा सबैको सहयोग जरुरी रहेको बताए ।
वर्ष दिन अघिमात्रै विबाह बन्धनमा बाँधिएकी न्यौपानेका श्रीमान हाल बैदेशिक रोजगारिको शिलशिलामा दुबाइमा रहेका छन् । श्रीमतीको यो अवस्था पछि उनी फर्कने तयारीमा छन् ।
न्यौपानेको राजधानीको नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहको छ । उपचारमा संलग्न डाक्टर सुदिप श्रेष्ठका अनुसार उनको स्वास्थ्यमा क्रमश सुधार आईरहेको छ । उपचारपछि क्यान्सर निको हुने डाक्टर श्रेष्ठकाे भनाइ छ । क्यान्सर चौथो स्टेजमा पुगेको हुनाले उपचारमा ठूलो रकम लाग्ने देखिन्छ ।
ग्लाेबल आइएमी बैंककाे खाता नम्बर C8-07-01-0000852 सहयोग पठाउनका लागि अपिल गरिएकाे छ ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५