युरो छनोट खेलमा स्पेनले माल्टामाथि २–० को सहज जित निकालेको छ ।
माल्टाको मैदानमा मंगलबार राति भएको खेलमा फरवार्ड अल्भेरो मोराटाले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरे ।
माल्टालाई खेलको सुरुवातदेखि नै खेलमा दवावमा राखेको स्पेनले खेलको ३१औं मिनेटमा गोलको खाता खोलेको थियो ।
दोस्रो हाफमा पनि स्पेनले खेलमा दवाव राखेपनि ७३औं मिनेटमा मात्र गोलको लागि सफल भएको थियो । यसपटक पनि मोराटाले जेसस नाभासको पासमा गोल गर्दै स्पेनलाई २–० को सहज जित दिलाए ।
यस जितसँगै स्पेन समुह ‘एफ’ मा दुई जितसँगै ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । माल्टा ३ अंकसहित चौथो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५