भोजपुर :धनकुटाको हिलेमा भएको अलैँची व्यवसायीहरूको छाता संगठन अलैँची व्यवसायी महासंघ केन्द्रीय समितिमा राजकुमार कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
आइतबार राति सकिएको महासंघको तेस्रो जिल्ला अधिवेशनमा कार्की चुनावी प्रतिस्पर्धाबाट अध्यक्षमा चुनिएका हुन् । ओमकृष्ण विमलीसँग कार्कीले प्रतिस्पर्धा गरेका थिए । अन्य अधिकांश पद भने सर्वसम्मत चयन भएको महासंघ भोजपुरका अध्यक्ष नवीन प्रधानले जानकारी दिए ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा नरेन्द्रप्रसाद अधिकारी र इन्द्र बिण्डल चयन भएका छन् । यसैगरी महासचिवमा सुवास भट्टराई, सचिवमा मातृका घिमिरे र कोषाध्यक्षमा निमेश मित्तल निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा शुष्मा पौडेल भण्डारी र मेनुकादेवी भट्टराई चुनिएका छन् ।
१९ सदस्यीय समितिका लागि भएको निर्वाचनमा एक सय ७५ प्रतिनिधिले भाग लिएका थिए । एक नम्बर प्रदेश संयोजकमा इन्द्रबहादुर तामाङ निर्वाचित भए भने छ सदस्यहरूमा सुजित वंशल, जयकुमार साह, अर्जुन चुडाल, गणेश पौडेल, रामकृष्ण बिष्ट र अमरबहादुर तामाङ निर्वाचित भएको महासंघ भोजपुरका अध्यक्ष प्रधानले जानकारी दिए ।
शनिबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले धनकुटाको हिलेमा महाधिवेशन उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५