संस्कृत भाषा हो र त्यस भाषामा निहित ज्ञान पनि हो । संस्कृत सर्वप्राचीन भाषा हो, त्यसकारण मानव सभ्यताका प्राचीन दस्ताबेजहरू पनि संस्कृतमै छन् । हामीले आफ्नो आवश्यकता र इच्छाअनुकूल संस्कृत वाङ्मयको अध्ययन गर्न सक्छौँ । नेपाल र भारतमा मात्र नभएर विश्वका अन्य मुलुकमा पनि संस्कृतको अध्ययन अध्यापन हुने गरेको पाइन्छ । त्यसकारण संस्कृत हिन्दु मात्रको सम्पत्ति नभएर विश्वसम्पदा नै हो ।
संस्कृत : नेपाल र भारतको साझा सम्पत्ति’ भन्ने नाराका साथ गत चैत ५, ६ र ७ गते काठमाडौंको होटेल र्याडिसनमा आन्तर्राष्ट्रिय संगोष्ठीको आयोजना भयो । भारतीय संस्कृति मन्त्रालय तथा भारतीय राजदूताबासको आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन भने स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंले गरेको थियो । नेपाल, भारतलगायत विभिन्न मुलकका संस्कृतका विद्वानहरूको गुणात्मक सहभागिता रहेको उक्त संगोष्ठीमा करिब चार दर्जन कार्यपत्रहरू प्रस्तुत गरिए । पाँच सय बढी मानिसको उपस्थितिमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र नेपालका लागि भारतीय राजदूत मञ्जीबसिंह पुरीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको उक्त संगोष्ठीमा तीनै दिनसम्म सभाकक्षमा खचाखच उपस्थिति संस्कृतप्रति मानिसको अनुराग, सम्मान र जिज्ञासाको द्योतक हो ।
संगोष्ठी संस्कृत वाङ्मयमा दीर्घ तपस्या गरेका विद्वान, विदुषीहरूको गरिमामय उपस्थितिका कारण महत्त्वपूर्ण बन्न पुग्यो । सम्बद्ध विषयका विज्ञहरूले सम्बन्धित विषयमा अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरेर संस्कृतका पिँधमा परेका विषयलाई माथि ल्याएका छन् ।
संगोष्ठीमा दीप्ति त्रिपाठी, राजेन्द्र मिश्र, काशीनाथ न्यौपाने, ऋषिराम रेग्मी, भागवत शर्मा, आमोदवद्र्धन कौडिन्न्यायन, गणेश घिमिरे, देवी नेपाल, प्रमोदवद्र्धन कौडिन्न्यायन, शेखर दाहाल, डा। भीम खतिवडा, नारायण गौतम, प्रेम न्यौपानेलगायतका विद्वानहरूले वेद, व्याकरण, ज्योतिष, आयुर्वेद, तन्त्र, बौद्ध दर्शन, भाषाविज्ञान, नेपाली भषा साहित्य आदि विषयमा आधृत भएर कार्यपत्र प्रस्तुत गरे । यद्यपि, कार्यक्रमको व्यवस्थापनमा कमजोरीहरू भए । कार्यपत्रहरू उपस्थित व्यक्तिहरूलाई बाँडिएन, जसले गर्दा सभाहलमा कार्यपत्र प्रस्तुत भइरहेको छ कि प्रवचन भइरहेको छ, छुट्याउन मुस्किल भयो । दर्शकहरूले हाइ गरेर वा एकआपसमा गफ गरेरै धेरै समय बिताए ।
पावर प्वाइन्टको समयमै व्यवस्थापन नहुनाले पनि मानिस विषयप्रति राम्ररी आकृष्ट हुन सकेनन् । समयाभावलाई कारण देखाएर कुनै पनि कार्यपत्रमाथि अन्तक्र्रिया गरिएन । कार्यपत्र लेख्ने विद्वानले आफ्ना कार्यपत्र पढे र पट्याएर खल्तीमै राखे । जम्मा तीन दिनको समयमा पचासौँ कार्यपत्रहरूको रास लगाएर तिनीहरूलाई सक्नकै लागि हाहाकार भइरह्यो । यतिसम्म कि सहभागीलाई बाँड्नुपर्ने झोलासमेत उद्घाटनमा बाँड्न नभ्याएर अन्तिम दिन घर जाने बेलामा बाँडियो । यस्ता केही कुरालाई छाडेर बाँकी कार्यक्रम राम्रै भयो भन्नुपर्ला ।
भषा, साहित्य, संस्कृति, दर्शन र इतिहासका विविध विषयहरूमाथि अनुसन्धान गरी लेखिएका कार्यपत्रहरूले अवश्य पनि संस्कृत वाङ्मयको अध्ययनमा महत्त्वपूर्ण योगदान पुर्याउने कुरामा आशावादी हुन सकिन्छ ।
विद्वानहरूले आफ्ना कार्यपत्रहरू संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी भाषामा समेत प्रस्तुत गरे । यसबाट ज्ञान भाषाको परिधिमा मात्र सीमित हुँदोरहेनछ भन्ने कुराको बोध पनि गरायो । भाषा जुनसुकै अपनाए तापनि विषय भने संस्कृत र त्यसको प्रभावसम्म सीमित रह्यो ।
भारतबाट आएका विद्वानहरूले विशेषगरी नेपाल–भारत सम्बन्धलाई धेरै तरिकाले अथ्र्याउने प्रयत्न गरे । नेपाल र भारतबीचको मित्रता प्रचीनकालदेखि नै सौहाद्र्र रहेको कुरा बारम्बार स्मरण गरियो । कतिपयले हामीबीच रोटीबेटीको र बडेभाइ, छोटेभाइको नाता रहेको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै शैलीमा दोहोर्याए भने हरिशरण उपाध्याय जस्ता विद्वानले नेपालमा धर्म निरपेक्षता हुनै हुँदैन पनि भने । यद्यपि, यस्ता विषय उपप्रसंगमा आएका थिए । तर प्रायः भारतीय विद्वानहरूले दुई देशबीचको मित्रता अक्षुण्ण रहेको र यसलाई सदा कायम राख्ने सूत्र संस्कृत र संस्कृति नै हो भन्ने कुरालाई सर्वाधिक महत्त्व दिएका छन् ।
संगोष्ठीमा तेस्रो मुलुकमा कार्यरत संस्कृतका विद्वानहरूको पनि उपस्थिति भयो । स्थानेश्वर तिमल्सिना, दिवाकर आचार्य ९जो युरोप र अमेरिकामा संस्कृत प्राध्यापन गर्छन्० जस्ता व्यक्तित्वहरूले पनि आफ्ना अनुभव र विचार साटे । संस्कृत र संस्कृत पढेका मानिसलाई बहिरी विश्वमा स्थापित हुन माध्यम भाषाको पनि आवश्यकता हुने र त्यसका लागि उपयुक्त भाषा अंगे्रजी भएकाले आफ्नो ज्ञान र दक्षताको अभिव्यक्तिका लागि संस्कृतका साथसाथै अंग्रेजी भाषाको ज्ञान पनि अपेक्षित हुने कुरा उनीहरूले गरे ।
नेपालमा यति बेला संस्कृत अध्ययनका लागि उपयुक्त शैक्षिक संस्था वेद विद्याश्रम भएको र ती विद्यालयको पाठ्यक्रममा अंग्रेजी अनिवार्य नभएकाले त्यस्ता संस्थाबाट उत्पादित जनशक्ति संस्कृतमा अब्बल भए तापनि उनीहरूको ज्ञान बहुमुखी नभएर एकात्मक भएको कुरालाई उनीहरूको तर्कले विचारणीय बनाएको छ । अक्सफोर्डलगायतका विदेशी विश्वविद्यालयहरू संस्कृतका क्षेत्रमा काम गर्न इच्छुक रहेकाले संस्कृतका विद्वानहरूलाई सर्वत्र अवसर रहेको तथ्य पनि उनीहरूले अघि सारे ।
मुन्डे मुन्डे मतिर्भिन्नाः भनेजस्तै संस्कृत संगोष्ठीमा विभिन्न विचारका मानिसहरूको उपस्थिति देखियोे । कोही संस्कृत शिक्षालाई आधुनिकीकरण गर्नुपर्छ, यसलाई सर्वप्रिय, सरल र साझा बनाउनुपर्छ, यसलाई कुनै जात र धर्मविशेषमा सीमित गराएर राख्नुहुन्न भन्ने उदारवादी सोचका मानिस पनि भेटिए भने कसैले संस्कृत ऋषिमुनिकालीन पद्धति र प्रणालीअनुसार एक रत्ती पनि दायाँबाँयाँ नगरी आचरण, अनुशासन र मर्यादामा रहेर अध्ययन अध्यापन गर्नुपर्छ भन्ने आदर्शवादी विचार पनि व्यक्त गरे ।
संस्कृतलाई हामीले देवत्वकरण गरेका छौँ । संस्कृतका ग्रन्थ देख्नेबित्तिकै हामी पढ्नतिर भन्दा ढोग्नतिर लाग्छौँ । अवीर केसरी दलेर पूजा गर्छौं । भागवत पढ्नमा भन्दा किताब किनेर दान गर्नमा पुण्य देख्छौँ । त्यसकारण हाम्रो समाज संस्कृतभक्त भएको छ, अध्येता भएको छैन ।
महानगरको ऐयासी होटलको विशाल सभाकक्षको माइक अगाडि उभिएर हातमा नाङ्लो जत्रो मोबाइल बोकेर त्यही मोबाइललाई गाली गर्दै आधुनिकताको बद्ख्वाइँ पनि गरे । निम्नमाध्यमिक विद्यालयका वद्यार्थीले वादविवाद प्रतियोगितामा प्रथम हुनलाई प्रस्तुत गर्नेजस्ता तर्क अघि सारेर सभालाई एक छिन् स्तब्ध त बनाउन सकिएला तर यथार्थको धरातलमा उभिएर हेर्दा बिग्रेका जति सबै कुरा आधुनिक हुन्छन् भनेर उम्किन सकिन्न भन्ने तथ्य सबैले बुझ्नु जरुरी पनि छ ।
नेपालमा संस्कृत वाङ्मयका विषयमा यति ठूलो कार्यक्रम नभएको धेरै भएको थियो । यसको गुणात्मकतालाई लिएर अवश्य पनि समीक्षा हुने नै छ । साथै खर्च र सहभागिताका आधारमा भने यो सम्मेलन निकै समयसम्म स्मरणीय रहनेछ । नेपालका विभिन्न भागका शैक्षिक संस्थामा कार्यरत, देशभर छरिएका, विदेशबाट आएका र स्वतन्त्र रूपले अध्ययन गरिरहेका सयौँ विद्वानहरूबाट विभूषित भएकाले पनि यो संगोष्ठी गौरवमय बनेको छ । संस्कृतले आधुनिक समय र समाजलाई केके दिन सक्छ भन्ने विषयमा सारगर्भित अवधारणाहरू पनि बाहिर आएका छन् । यो अत्यन्त सुखद् कुरा हो ।
धर्म र संस्कृतिसित प्रत्यक्षरूपेण जोडिएकाले नेपाल र भारतमा संस्कृतलाई हिन्दु र त्यसमा पनि ब्राह्मणको भाषाका रूपमा बुझ्नेहरू धेरै छन् । स्वाभाविक पनि हो । ब्राह्मणेत्तर वर्गले पनि उत्तिकै श्रद्धाका साथ संस्कृतको उपयोग गर्छन् सनातनीहरू तर संस्कृतका मन्त्र र कर्मकाण्डको विधानमाथि ब्राह्मणकै आधिपत्य छ । ब्राह्मणका लागि परम्परागत कर्तव्य भएको छ संस्कृतको अध्ययन । त्यसकारण पनि संस्कृतको अध्ययन अनुसन्धानमूलक नभएर व्यवसायमूलक बनेको हो हाम्रो समाजमा । कुनै विषय व्यवसायमैत्री हुनु हर्षको कुरा हो किनभने त्यस्ता विषय पढ्नेले कम्तीमा बेरोजगार बस्नुपर्दैन ।
संस्कृतमा माध्यमिक शिक्षा पूरा गरेका मानिस हाम्रो समाजमा फुर्सदिला छैनन् । संस्कृतको जनशक्तिको देशमा अत्यन्त अभाव छ । केही शहरी क्षेत्रलाई छोडेर बाँकी मुलुकमा दक्ष पुरोहितको अभाव छ । परम्परागत रूपमा कर्मकण्ड धान्ने पुस्ता हराउँदै गएकाले मन्त्रपठन गर्न र विधि पुर्याउन नजाने पनि बाहुनकै छोरो त हो नि भनेर टीको लगाएर चित्त बुझाउनुपर्ने अवस्था सिर्जना भएको छ । आखिर योग्य पुरोहित पनि त राज्यको आवश्यकताभित्रै पर्ने चिज हो । भन्नुको अर्थ संस्कृत व्यवसायमूलक बने तापनि परिपूर्ति गर्नुपर्ने कुरा धेरै छन् । अनुसन्धानमूलक ढंगले संस्कृतको अध्ययन गर्ने कुरामा त हामी लाजैमर्दो अवस्थामा छाँै ।
संस्कृत वाङ्मयको अध्ययन र अनुुसन्धानका लागि स्थापित नेपाल संस्कृत विश्वविद्यालय आफैँ रोगी छ । रोगी डाक्टरले रोगीको कसरी उपचार गरोस् रु त्रिविमा पनि संस्कृत विभाग छ, छ मात्रै । फलस्वरूप हामी अरूको अनुसन्धानमा विश्वास नगर्ने र आफू सिन्को नभाँच्ने अवस्थामा पुगेका छौँ ।
संस्कृतलाई हामीले देवत्वकरण गरेका छौँ । संस्कृतका ग्रन्थ देख्नेबित्तिकै हामी पढ्नतिर भन्दा ढोग्नतिर लाग्छौँ । अवीर केसरी दलेर पूजा गर्छौं । भागवत पढ्नमा भन्दा किताब किनेर दान गर्नमा पुण्य देख्छौँ । त्यसकारण हाम्रो समाज संस्कृतभक्त भएको छ, अध्येता भएको छैन । ज्ञानले मात्र मुक्ति सम्भव छ भन्ने कुरा बुझ्नु आवश्यक छ । संस्कृतमा सन्निहित आयुर्वेद, योग, भाषाविज्ञान, दर्शन, साहित्य, व्याकरण, नैतिक शिक्षा, वास्तु, ज्योतिष जस्ता विषयबाट अधिकाधिक लाभ समाजले लिनसक्नुपर्छ, यही नै समयको माग हो । अन्यथा संस्कृत विश्वसम्पदा हो । हामीले नपढे पनि अरूले पढ्छन् ।
संगोष्ठीमा उपस्थित भएर प्राज्ञ दिनेशराज पन्तले भनेको कुरा मननीय छ– ‘संस्कृतस्य कृते अस्माकम् आवश्यकता अस्ति वा नास्ति किन्तु अस्माकम् कृते संस्कृतस्य आवश्यकता अस्ति’ अर्थात् संस्कृतलाई हाम्रो आवश्यकता होस् वा नहोस् तर हामीलाई संस्कृतको आवश्यकता छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५