पार्टी भित्रको एकताको सन्देश लिएर म मधेस आएको हुँ । पार्टीमात्र होइन मधेस र पहाडको एकतालाई बलियो बनाउनका लागि म मधेस आएको हुँ । राजनीतिक जीवनमा नेपाल र नेपालीले भोगेका समस्याबाट परिचित भएको छु । मधेसप्रति कांग्रेस अनुदार भयो भन्नेहरु छन । मलाई याद छ । म मन्त्री भएको बेलामा लाखौ मेट्रिकटन खाद्यन्न लिएर मधेस आएको थिए । झापा देखि कञ्चनपुर सम्म पुगेको छु । मधेसवासीको सुख दुखकमा साथ दिनका लागि म मधेस आएको हुँ । मेरो पालामा मैले मधेसमा थुप्रै योजना लिएर आएको थिए । मधेस आन्दोलन चलिरहेका बेलामा पनि वार्ता गर्न म मधेस आएको थिए । कांग्रेस मधेसी जनताबीच सम्बन्ध प्रगाढ छ । लोकतन्त्रको दियो मधेसबाट बलेको हो । मधेस लोकतन्त्र र नेपाली कांग्रेस एक अर्कामा परिपुरक हुन् । संविधानमा मधेसी जनताको माग भनेको मधेसमा बसेर सम्पुर्ण हैसियत होस भन्ने चाहेका हुन । संविधानले थुप्रै अधिकार दिएका छन् । हुलाकी राजमार्ग नेपाली कांग्रेसका पालामा भएको हो ।
चुरेको संरक्षण होस भन्ने हामीले चाहेका छौ । मधेसको हितका लागि चुरे संरक्षण आवश्यक छ । प्रधानमन्त्री केपी आली पानी जहाज भन्दै हुनुहुन्छ । तर , हामी मधेसका जनतालाई पानी चाहिएको छ । प्रधानमन्त्री पानी जहाज भन्दै हिड्नुभएको छ । मधेसमा सिंचाईका लागि पानी आवश्यक छ । मधेसमा सिंचाईको व्यवस्था गरेर कृषि क्रान्ति गर्न सके मुलुक आत्म निर्भर बन्छ । मधेसमा बस्ती सुधार गर्न आवश्यक छ । चुरेबाट बगेर आएको गेगर निकालेर आधुनिक बस्ती बनाउन जरुरी छ । हामीले चाहेको कृषि क्रान्ति हाम्रो आवश्यकता हो । पर्यटनको विस्तार पनि हामीले गर्नै पर्छ । पहाडको पानी र मधेसको जमिन मिलाउनु आजको आवश्यकता हो । मधेसका जनता पहाडमा भएका ठुला योजनाहरुको शेयर पाउनुपर्छ । मधेसको हित के गर्दा हुन्छ मधेसका नेताहरुले त्यतातिर बहस चलाउन जरुरी छ । मधेसी नेताहरु आफुले मधेस विरोधी भनेका नेताहरुसंग मन्त्रीपदका लागि सहकार्य गरिरहेका छन् । मधेसी दलका नेताहरुले मधेसको नारा जनताका लागि होइन आफ्ना लागि हो । जनताको लागि लड्ने पार्टी को हुन भन्ने छुट्याउन जरुरी छ ।
ठुला ठुला काण्डहरुलाई हामीले रोक्न सकेनौ भने लोकतन्त्र नै खतरामा पर्दछ । पार्टीभित्र सुधार सहितको एकता आवश्यक छ । लोकतन्त्र बलियो भएमात्र मधेस बलियो हुन्छ । लोकतन्त्र बलियो भएका बेलामा मधेसी जनताका आवज सुनिन्छ ।
संसदको लेखा समिति जहाँ नेकपाको बहुमत छ, त्यो समितिले वाइडबडिमा भ्रष्टचार भएको छ भनेको छ । अनि प्रधानमन्त्री त्यहाँ भ्रष्टचारमा आरोप लागेका मन्त्री निर्दोष छन् भन्ने गरेका छन् । यो कुरा भन्न मिल्छ प्रधानमन्त्रीले ? उहाँ अख्तियारको प्रमुख हो ? उहाँ प्रधानन्यायाधीश हो ? यो सरकार संघीयताको विरोधमा लागेको छ । मधेसमा आएको अधिकारका बारेमा यहाँका नेताहरु किन बोल्दैनन् । अहिले प्रधानमन्त्री आफुमा सम्पुर्ण अधिकार केन्द्रीत गरेर अधिनायकवाद तर्फ उन्मुख छन् । पैसाको बलमा राजनीति आफ्नो पक्षमा लिने काम बढिरहेको छ । यो कुरा रोक्न जरुरी छ । हामीले देशलाई सुशासनको बाटोमा हिडाउन जरुरी छ । यो सरकार सुरक्षा सुशासन र विकास तीन काममा नै असफल भइसक्यो । शान्ति सुरक्षाको अवस्था दिनानुदिन खस्कदै छ । भ्रष्टचार बढेको बढै छ । विकास निर्माणको काम शुन्य छ । विप्लबको कुरा स्वय प्रचण्डलाई थाहा छ तर अहिले आएर फेरि प्रतिबन्ध लगाउने कुरा किन भएको छ । अहिले देशका सम्बैधानिक निकाय के हेरेर बसेका छन् । अहिले अख्तियारमाथि प्रश्न उठेको छ । सबै संवैधानिक निकायलाई सरकारले दुईतिहाईको धम्की दिएर राखेको छ । सबै ठुला ठुला नेताहरु एकै ठाउँमा धेरै अनियमिततामा देखिएका छन् ।
ठुला ठुला काण्डहरुलाई हामीले रोक्न सकेनौ भने लोकतन्त्र नै खतरामा पर्दछ । पार्टीभित्र सुधार सहितको एकता आवश्यक छ । लोकतन्त्र बलियो भएमात्र मधेस बलियो हुन्छ । लोकतन्त्र बलियो भएका बेलामा मधेसी जनताका आवाज सुनिन्छ । सबै नेपाली बराबर भन्ने लोकतन्त्रले ल्याएको हो । भाषा आयोग हामीले बनाएको हो । प्रजातान्त्रीक समाजवाद र कम्युनिष्टको समाजवाद धेरै फरक छ । यो विषयमा बहस हुनु जरुरी छ । नेपाल बहुभाषिक बहुधार्मिक देश हो ।
(नेपाली कांग्रेसका वरिष्ठ नेता पाैडेलले कांग्रेस सर्लाहीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दा व्यक्त विचार)
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५