भोजपुर : आइतबार सुरु भएको एसईई परीक्षामा पूर्वी पहाडी जिल्ला भोजपुरमा ८३ परीक्षार्थी अनुपस्थित भएका छन् । जिल्ला शिक्षा तथा समन्वय इकाई भोजपुरका प्राविधिक सहायक तोत्रबहादुर खड्काका अनुसार पहिलो दिन भएको अंग्रेजी विषयको जाँचमा ८३ जना सामेल नभएका हुन् ।
भोजपुर जिल्लामा १६ वटा परीक्षा केन्द्रमार्फत बाट नियमित तर्फ दुई हजार आठ सय २८, ग्रेड वृद्धि नयाँ ७८ र ग्रेडवृद्धि पुरानोतर्फ ५६ जना गरी कुल दुई हजार नौ सय ६२ जना परीक्षार्थी सामेल हुनुपर्ने थियो ।
प्राविधिक सहायक खड्काका अनुसार पहिलो दिनको परीक्षामा दुई हजार ८ सय ६१ जना मात्र सामेल भएका हुन् । जसमा नियमिततर्फ ६८ जना, ग्रेडवृद्धि नयाँ नौ र ग्रेडवृद्धि अंग्रेजीका छ जना गरी ८३ जना परीक्षार्थी अनुपस्थित देखिएका हुन् ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५