काठमाडौ : आज सुरु भएकाे एसईई परीक्षामा चर्चित नायिका करिश्मा मानन्धर र नेकपा नेतृ तथा सांसद् शान्ता चाैधरी सहभागी भएका छन् ।
उमेर ढल्किसकेपछि पढ्न थालेका उनीहरूकाे उत्साहलाई धेरैले स्वागतयोग्य भनेका छन् । दुवैले परीक्षाका लागि धेरै मेहनतसमेत गरेका छन् । धेरै समर्थक भएका नायिका मानन्धर र सांसद् चाैधरीलाई उनीहरूका समर्थक, शुभचिन्तकले शुभकामना दिएका छन् ।
करिश्मा अमेरिकाबाट फर्केर आएपछि पढ्न उमेरले नछेक्ने भन्दै विद्यालय भर्ना भएकी थिइन् । आजबाट सुरु भएको एसईई परीक्षामा देशभरका करिब साढे ४ लाख विद्यार्थी सहभागी छन् ।
करिश्मा मानन्धर उनकी छोरी कविता मान्नधरसँगै परीक्षा दिन लागेकी हुन्
करिश्मा मानन्धर २०४२ सालबाट कलाकािरता क्षेत्रमा आएकी एक सदाबहार कलाकार हुन् । चलचित्र सन्तान उनको पहिलो चलचित्र हो । उनले सन्तान, दंगा फसाद(हिन्दी), भाउजू, रणभूमि, मायालु, बसन्ती वसन्ती, ढुकढुकी, पन्छी, बाबुसाहेब,ट्रक ड्राइभर लगायतका पील्ममा अभिनय गरेकी छन् ।
करिश्मा मानन्धर उनकी छोरी कविता मान्नधरसँगै परीक्षा दिन लागेकी हुन् ।
शान्ता चौधरी राजनीतिकर्मी तथा नेकपाकी सांसद हुन् । उनी कमलरीबाट संघर्ष गरेर सांसद बनेकी हुन् । आठ वर्षको कलिलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी सभासद चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय छिन् ।
२ सन्तानकी आमा चौधरीसँग भूमि आन्दोलनमा लाग्दा जमीन्दारले उनीहरूलाई दुःख दिएको र आफू बस्ने छाप्रोमा आगो लगाइदिएको जस्ता संघर्षशील बाध्यता छ। उनको आत्मकथा ‘कम्लहरीदेखि सभासद्सम्म’ प्रकाशित भइसकेको छ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५