१२ औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सलाई जितका लागि ७१ रनको लक्ष्य दिएको छ ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७ ओभर १ बलमा अलआउट हुँदै ७० रनमा समेटियो । बेंगलोरका लागि ओपनर पार्थिप पटेलले सर्वाधिक २९ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले सुरुवात देखीनै खराव प्रर्दशन गर्यो । कप्तान विराट कोहलीलाई ६ रनमा पेभिलिएन फर्किए ।
हरभजनलेनै आठौं ओभरको दोस्रो बलमा जडेजाबाट एवी डी विलियर्सलाई ९ रनमा आउट भएको थियो । आठौं ओभरको अन्तिम बलमा शिम्ररोन हिटमायर डक आउट भएपछि बेंगलोर ३९–४ को कमजोर अवस्थामा पुग्यो । बेंगलोरको विकेट पतन निरन्तर जारी रह्यो ।
चेन्नईका लागि इमरान ताहिरले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ३ विकेट लिए । हरवजनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजाले २ र ड्वेन ब्राभोले १ विकेट हात पारे ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५