काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले शिक्षा क्षेत्रमा समेत विभेद सिर्जना गरेकोे आराेप लगाएका छन् । गणेशमान सिंह बहुमुखी क्याम्पसको ११ औं वार्षिक उत्सवकाे अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेता सिंहले सरकारले निजी र सरकारी तथा सामुदायिक शिक्षण संस्थालाई समान व्यवहार गर्नुपर्ने बताए ।
अहिले पनि शिक्षा क्षेत्रमा असुरक्षा र अस्तव्यस्तता रहेकाे भन्दै उनले त्यसलाई हटाएर राम्राे शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा लाैहपुरूष गणेशमान सिंहले नेपालमा राणा शासनको अन्त्यदेखि बहुदलीय व्यवस्था ल्याउनमा खेलेकाे भूमिकाको स्मरण गरे ।
बहुदलीय व्यवस्था स्थापना पछि राजाले प्रधानमन्त्री बन्न आग्रह गरेपनि त्यसलाई अस्वीकार गरेर जनताकाे राेजाईकाे व्यक्ति प्रधानमन्त्री बन्ने परिपाटीको सुरूवात गरेकाे उल्लेख गरे । उनले त्यसबेला कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रमुख भूमिका सिंहकै भएकाे बताए ।
सिंहले आजका विद्यार्थी भाेलिका कर्णधार भएकाे भन्दै सबैले असल नागरिक बन्न काेशिस गर्नुपर्ने बताए । कार्यक्रममा वर्ष शिक्षक, वर्ष विद्यार्थी तथा वार्षिकाेत्सवका अवसरमा अयाेजित विभिन्न अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कृत गरिएकाे थियोे ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५