–दिपेन्द्र गजुरेल
स्पेन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ । नेपालीभुमि प्रवेश गरी नेपाली जनतालाई गोली हानेको प्रति आपत्ति जनाउदै उहाँले भारतले एसएसवीलाई कारबाही गरेको पत्रसहित माफि माग्नुपर्ने बताउनुभयो । नेपाली जनप्रगतिशिल मञ्च स्पेनले आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका श्रेष्ठले भारतीय हस्तक्षेपका बावजुद संविधान निर्माण भएकाले भारतले नेपालको संविधानलाई स्वागत नगरेको बताउनुभयो । उह“ाले भारतले विशेष दुत पठाएर संविधान रोक्न चाहेकाले सबै राष्ट्रप्रेमि राजनितिक दलहरु एक भएर संविधान जारी गरेको दावी गर्नुभयो । नेता श्रेष्ठले भारतले मधेशी दललाई उचालेर नेपाल विरुद्घ आफ्नो प्रभुत्व कायम राख्ने गलत काम गरिरहेको बताउनुभयो । कार्यक्रममा उपराष्ट्रपति पुत्र दिपेश पुनले भावनामा नवगी आफ्नो मातृभुमिको रक्षाको लागि सबै युवाहरु बौद्घिकताका साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले दुई ठूला छिमेकीलाई माउतेले हात्ति घुमाएजस्तो गरी नेपालको हितमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७३