विराटनगर : खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही दुई लाख दिने निर्णय गरेको छ ।
नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश नं १ को मात्र नभएर देशकै गौरव बढेको भन्दै प्रदेश सरकारले खेलाडीहरुको सम्मान तथा हौसला बढाउन यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ ।
फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज अन्तिम खेल हुने छ । यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसकेका छन् । प्रतियोगिता विराटनगरको शहीद रङ्गशालामा भइहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५