पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा सार्वजानिक स्थलमा चुरोट (अम्वल) नपिउने वाचा गरेका थिए । विराटनगर वाहिर त थाहा भएन् तर, विराटनगरस्थित उनी हुर्किएको घरमा भने कोइरालाले आनन्दसंग चुरोटको धुवा उडाउथे । त्यै पनि पत्रकारहरु कै माँझमा । पत्रकारसंग बस्दा पनि उनी चुरोट पिउँन हिचकिचाउदैन थिए ।
यो दृष्यले मलाई आकर्षित पारेको थियो । अन्दाजि १५ वर्षअगाडि पहिलो पटक म पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको विराटनगरस्थित निवासमा आयोजित पत्रकार सम्मलेनमा उपस्थित हुने मौका पाए । पत्रकार सम्मलेन सुरु भएपछि कोइरालाले चुरोटको धुवा उडाउदै पत्रकारहरुसंग भलाकुसारी गर्न थाले । मलाई अनौठो लाग्यो । प्रधानमन्त्री जस्तो महान व्यक्तिले पत्रकारहरुको अगाडि नै चुरोट तानेको देखेर । मैले पनि त्यो पोज लिन भ्याइहाले । तर, चुरोट निभाउदै प्रम कोइरालाले मलाई गाली गरे, ‘तिमीहरु जे मनलाग्यो त्यै गर्छौ ।’
त्यसपछि त्यहाँ उपस्थित पत्रकार साथीहरुले पनि मलाई त्यस्तो फोटो नखिच भनेर गाली गरे । कार्यक्रम सकिएपछि मैले पत्रकार साथीहरुसंग सोध, ‘फोटो खिच्दा किन गालि गरेको ?’ उत्तरमा उनीहरुले मलाई जवाफ दिए, ‘गिरीजावावु र पत्रकारको सम्वन्ध पारिवारिक हो ।’ त्यसपछिका पत्रकार सम्मलेनमा मैले त्यस्तो तस्वीर खिच्ने चेस्टा गरिन ।
प्रधानमन्त्री हुदा होस या नहुदा गिरीजाप्रसाद कोइराला गृहनगर विराटनगर आउदा राष्ट्रको ध्यानै विराटनगरमा केन्द्रित हुन्थ्यो । अव कोइरालाको अभिव्यक्ति कस्तो आउला ? साच्चै नै कोइराला विराटनगरमा पुग्दा कुनै न कुनै नयाँ कुरा वोल्थे । त्यसले देशमा हलचलै मच्चिन्थ्यो । केहि वोल्नकै लागि हो या आराम गर्नकालागि कोइराला विराटनगर जानुहुन्थ्यो भनेर कसैले ठोकुवा गर्न त सक्दैनन् तर गृहनगर विराटनगर पुग्दा उहाँले स्थानियवासी, कार्यकर्ता, पत्रकार, कलाकार सवैसंग भलाकुसारी राम्रोसंग गर्नुहुन्थ्यो । कोइराला विराटनगरस्थित आफ्नै घरमा पुग्दा पत्रकारहरु पनि संगै पुग्थे । पत्रकारहरुलाई कुनै निम्तोको जरुरी हुदैनथियो कोइरालाको घरमा जानलाई । साथै कोइरालाको घरमा तैनाथ सुरक्षाकर्मी र परिवारका मानिसले समेत पत्रकारहरुलाई रोक्दैनथिए । कुनै कुनै वेला मात्रै कोइराला वोल्न मान्दैनथिए ।
कोइराला आउने कुरा राजधानीका पत्रकारलाई भन्दा पहिले नै विराटनगरका पत्रकारलाई थहाँ हुन्थ्यो । कोइराला आउने भनेपछि टाढा टाढा पुगेका विराटनगरका पत्रकारहरु विराटनगर फर्किहाल्थे । अझ राजधानीका पत्रकारहरु पनि कोइरालासंगै विराटगनर पुगेर अन्तरवार्ता लिन भ्याउथे । राजधानीमा कोइरालासंग अन्तरवार्ता गर्न असम्भव भएपछि सजिलोको लागि विराटनगर पुग्ने गर्थे । अन्तरवार्ता लिन मानेनन् भने नोना कोइरालासंग अनुरोध गरेपछि अन्तरवार्ता लिन पाउथे । विराटनगरमा जसरी सजिलो अन्य ठाउँमा काइरालालाई भेट्न सकिदैनथियो । कोइरालाको अन्त्यपछि विराटनगर स्तव्ध मात्रै वनेको छैन् ।
कोइराला वोल्न नमानेमा विराटनगरका पत्रकारहरु नोना आमासंग गन्गन् गर्न पुग्थे । अनि नोना आमाले भनेपछि कोइराला केहि न केहि वोल्ने गर्थे । नोना आमाले भनेपछि गिरिजाप्रसाद कोइरालाले कहिले पनि काट्न सक्दैनथिए । त्यै भएर पनि विराटनगरका पत्रकारहरु कोइरालाको अन्त्यपछि न्यास्रो मान्ने गरेका छन् । कोइरालाले विराटनरमा वोलेको कुराले राष्ट्रिय स्तरका कुनै पनि पत्रिकाको मुख्य समाचार वन्ने गथ्र्यो । पत्रकारको पहिचान पनि हुनेभएकोले कोइरालालाई जसरी पनि वोल्न लगाउने गर्थे ।
गिरीजाप्रसाद कोइराला विराटनगरमा पुग्दा प्रधानमन्त्री भएपनि नभएपनि पत्रकारहरुसंग साह्रै मज्जाले भलाकुसारी गर्नुहुन्थ्यो । उहाँ घर पुग्ने वितिक्कै पहिले घरवाहिरको प्रतिक्षालयमा पत्रकारहरुसंगै वस्नुहुन्थ्यो । त्यसपछि पत्रकारहरुसंगै चिया र मिठाई खादै पुरानाकुराहरुवाट गफगाफ सुरु गर्नुहुन्थ्यो । कोइराला विराटनगर पुगेपछि हर्षित मात्र होइन्, ठट्टा गर्दै २००७ साल, ०१७ साल, ०३६ साल, ०४६ सालको आन्दोलन कसरी सम्भव भयो भनेर कहानी सुनाउनुहुन्थ्यो । साथै २००३ सालपछि विराटनगर जुट मिलमा काम गर्दा राणा विरुद्धको आन्दोलन वारे प्रायः सधै पत्रकारहरुसंग भलाकुसारी गर्नुहुन्थ्यो । उहाँले पत्रकारहरुलाई कहिले पनि टाढाको सम्झनु भएन । उहाँले पत्रकारहरुलाई घर भित्र पस्नलाई पनि कहिले पनि रोकटोक गर्नुभएन ।
विराटनगरका पूराना पत्रकार यज्ञ शर्माको अनुसार राजनितिक रुपमा शिखर व्यक्तित्वको निधनपछि विराटनगरको पत्रकारहरुमाँझ रिक्तताको अनुभूति भएको छ ।
कुनै पनि घोषणा गर्नुपरेमा उहाँ विराटनगरै आउने हुदा विराटनगरका पत्रकारहरु खुसी हुन्थे । त्यो समाचारले प्राथामिकता पाएपछि पत्रकारहरुलाई पैसा र पहिचान दुवै हुन्थ्यो । अव त्यस्तो व्यक्तित्व विराटनगरका पत्रकारले पाउन धेरै समय पर्खनुपर्ने हुन्छ । कोइराला विराटनगर आउने भएपछि धेरै पत्रकारहरु विराटनगर एयरपोर्टमै पुग्थे । काग्रेसी पत्रकारहरु मात्रै नभएर कम्युनिष्ट पत्रकारहरु समेत कोइराला विराटनगर आएपछि उहाँको निवासमा पुग्थे । धेरै पत्रकारहरु त उहाँलाई हेर्न र भाषण सुन्नकै लागि मात्रै भएपनि आउने गर्थे । अझ कोइरालाको मुड फ्रेस भएको समयमा पत्रकारहरु फोटो खिचाउन तल्लिन हुन्थे । विराटनगरका प्रायः सवै पत्रकारहरुले कोइरालासंग फोटो खिचेका छन् । विभिन्न पोजमा कोइरालासंग फोटो खिचाएको क्षणाले विराटनगरकी पत्रकार कौसिला दाहाललाई निक्कै पिरोलेको छ । उनले कोइरालासंग धेरै फोटो खिचेकी थिइन । उनीजस्तै अन्य धेरै पत्रकारहरुले कोइरालासंग फोटो खिचेका छन् । लगभग ३० औं पटक उनीसंगै बसेर गफगरियो होला तर, मैले उनीसंगै बसेर कहिले फोटो खिच्न पाईन् । कारण, त्यो बेला फोटो पत्रकारले कोहीसंग पनि फोटो खिच्न लालायित हुनु हुन्न भन्ने भ्रम थियो म मा । उनको मृत्यु अगाडिको कही महिना अगाडि विराटनगरका सवै पत्रकारहरुले फोटो खिचे । तर, म त्यहाँ थिईन् । जब् उनको मृत्यु भयो, तव उनीसंग फोटो नखिच्दाको ल्गानी महसुस फिल भयो ।
उहाँले पछिल्लो दुई वर्षमा पत्रकारहरुकै लागि कलेज स्थापना गर्नलाई आफ्ना भतिज डा. शेखर कोइरालालाई जिम्मा लगाएका थिए । नोना स्मृति प्रतिष्ठानको नाममा उक्त कलेज स्थापना गर्न पहल सुरु भइसकेको थियो । तर कोइरालाको अन्त्यपछि त्यो कामले पूर्णता पाउने हो कि होइन भनेर पत्रकारहरु चिन्तित वनेका थिए ।
अव उहाँको स्थानमा अन्य कुनै नेतासंग विराटनगरका पत्रकारहरु त्यति सजिलै नजिक हुने अवस्था छैन् । कोइरालाको निधनपछि एक प्रकारले राजनीतिक दलका कार्यकर्ता, कोइराला परिवार, विराटनगरवासी झै विराटनगरका पत्रकारहरु पनि उत्तिक्कै रुपमा टुहुरो भएको महसुस गर्न थालेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५