भारत : क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटरको मृत्यु भएको छ । कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षिय सोनू यादवको अभ्यास खेल खेल्ने क्रममा लड्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
अभ्यास खेल खेल्ने क्रममा क्रिकेटर सोनू लडेका थिए । लगत्तै उनलाई एसएसकेएम हस्पिटल लगिएको थियो तर,डाक्टरले मृत घोषणा गरेका हुन् ।
भारतीय सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनू एक विकेटकीपर ब्याट्सम्यान रहेको बताईएको छ ।
-एजेन्सी
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५