काठमाडौं ः ट्राफिक प्रहरीले जाँचका क्रममा उपत्यकाबाट आज २९७ मोटरसाइकल नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानमा लापरबाही गरी चलाएका ती सवारी साधन चेकजाँचका क्रममा नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए ।
आज १२ बजेसम्मको तथ्यांकअनुसार सरकारी १५, मापसे १४, कागजपत्रबिनाका १८६, हेल्मेटबिनाका १७, तीन जना सवार २३ र अन्य २७ मोटरसाइकल नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
पक्राउ गरिएका सरकारी सवारी साधनलाई ५ बजेपछि छाडिने तथा अन्य साधनलाई भने ट्राफिक कारबाहीपछि छाडिने प्रवक्ता सापकोटाले बताए ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५